वातावरण जोगाउन सके मात्र संस्कृतिको संरक्षण हुन : संस्कृतिविद् जोशी - Naya Online

वातावरण जोगाउन सके मात्र संस्कृतिको संरक्षण हुन : संस्कृतिविद् जोशी

काठमाडौँ, २२ जेठ ।

संस्कृतिविद् सत्यमोहन जोशीले कला र वातावरण जोगाउन सके मात्र संस्कृतिको संरक्षण हुने बताउनुभएको छ ।
विश्व वातावरण दिवस–२०१७ को अवसरमा सदर चिडियाखानाले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् जोशीले प्रकृति र संस्कृतिलाई जोगाउँदै वातावरण संरक्षण गरिनुपर्नेमा उहाँको जोड छ ।
जोशीले वर्तमान समयमा विकासको कामको सुरुवात गर्दा वातावरण र प्रकृतिलाई ध्यान दिएर मात्र गरिनुपर्ने भन्दै प्रकृतिलाई नै नष्ट गरेर विकासले गति लिन नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाको प्रमुख चिरिबाबु महर्जनले वातावरण सफा राख्नु सबैको साझा कर्तव्य रहेको बताउँदै वातावरणको महत्व, आवश्यकता र संरक्षणबारे विद्यालयस्तरको शिक्षामा नै समावेश गरिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय प्रकृतिक संरक्षण कोषका कार्यक्रम निर्देशक सरिता ज्ञावलीले सुन्दर र सफा वातावरण निर्माणका लागि ध्यान दिनु आवश्यक रहेको भन्दै प्रत्येक व्यक्ति स्वयम्ले यसबारे सोच्नुपर्ने बताउनुभयो ।
सदर चिडियाखानाको प्रमुख रचना शाहले जीवजन्तु पनि वातावरण सुन्दर बनाउने प्रमुख पक्ष रहेकाले तिनीहरुको संरक्षण गर्न पनि अत्यन्तै आवश्यक रहेको धारण राख्नुभयो ।
‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ नामक कार्यक्रममा वर्षभरि चिडियाखानाले आयोजना गरेको संरक्षण क्षेत्र कार्यक्रमअन्तर्गत हाजिरीजवाफ, निबन्ध लेखन, वातावरण संरक्षणबारे नाटक प्रस्तुत र जन्तुलाई खाना खुवाउने तालिममा सहभागी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...