पत्रकारितालाई राजनीतिमुक्त बनाइनुपर्छ : सञ्चारमन्त्री - Naya Online

पत्रकारितालाई राजनीतिमुक्त बनाइनुपर्छ : सञ्चारमन्त्री

काठमाडौँ, २२ जेठ ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई राजनीतिमुक्त बनाइनुपर्ने खाँचो औँल्याउनुभएको छ ।
आफ्नो १० महिने कार्यकालपछि आज मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री कार्कीले पत्रकारितालाई दलगत राजनीतिबाट मुक्त गरी स्वच्छ र व्यावसायिक बनाइनुपर्ने बताउनुभयो ।
सञ्चारमन्त्री कार्कीले अहिले मुलुकको राजनीतिलाई ठीक ठाउँमा लैजान जरुरी भएको र राजनीति सही ठाउँमा आए सबै कुरा ठीक हुने जिकिर गर्नुभयो । उहाँले राजनीतिलाई सङ्लो पार्न कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका हुने भन्दै कर्मचारीतन्त्रलाई स्वच्छ, सबल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री कार्कीले आफ्नो कार्यकालमा दूरसञ्चार सेवालाई गाउँका दूरदराजसम्म पु¥याउने, सरकारी सञ्चारमाध्यमलाई सवलीकरण गर्नेजस्ता महत्वपूर्ण काम भएको र यसका लागि सबै निकायको समन्वय र प्रभावकारी भूमिका स्मरणीय छ भन्नुभयो ।
मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मन्त्रीसँगको आफ्नो पाँच महिने कार्यकालमा धेरै कुरा सिक्ने अवसर पाएको र नीतिगत रुपमा दीर्घकालीन महत्वका प्रभावकारी काम भएको उल्लेख गर्नुभयो ।
मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले सञ्चारमन्त्री कार्कीको सरलता र दार्शनिकता सबैका लागि सान्दर्भिक हुने धारणा राख्नुभयो ।
सो अवसरमा मन्त्रालयका सचिव, सहसचिव तथा मातहत निकायका प्रमुख प्रतिनिधिले मायाको चिनो र पुष्पगुच्छाका साथ मन्त्री कार्कीलाई बिदाइ गर्नुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...