राजनीतिक नेतृत्व इमान्दार भए परिवर्तन सम्भव छ भन्ने स्थापित भयो : प्रधानमन्त्री - Naya Online

राजनीतिक नेतृत्व इमान्दार भए परिवर्तन सम्भव छ भन्ने स्थापित भयो : प्रधानमन्त्री

काठमाडौँ, २२ जेठ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक बलका साथ निश्चित लक्ष्य तय गरेर अगाडि बढ्ने हो मुलुकको आर्थिक समृद्धि र विकासका लागि लामो समय कुर्नु नपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारले संविधान कार्यान्वयन र आर्थिक वृद्धिको क्षेत्रमा गरेको सकारात्मक प्रयास आगामी दिनका लागिसमेत प्रेरणाको स्रोत हुने बताउनुभयो ।
आफू प्रधानमन्त्री बन्दा संविधान कार्यान्वयन होला कि नहोला, मधेस केन्द्रित दल स्थानीय तहको निर्वाचनमा आउलान् कि नआउलान् भन्ने खालका आशङ्का कायम रहेको भए पनि सकारात्मक पहलले सकारात्मक नतिजा प्राप्त भएको उहाँको भनाइ थियो ।
मधेस केन्द्रित दललाई संविधान स्वीकार गर्ने अवस्थामा ल्याइपु¥याइएको, संविधानको सर्वस्वीकार्यता बढेको, पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मुख्य विषय राजनीतिक नेतृत्वले मुलुकलाई कसरी निकास दिने र गुणात्मक रुपमा आर्थिक समृद्धि कसरी हासिल गर्ने भनेर केन्द्रित भयो भने प्रतिफल दिन सकिन्छ भन्ने पछिल्लो दश महिनाले आम जनतामा सकारात्मक धारणा स्थापित गरिदिएको छ ।”
सबै राजनीतिक शक्तिलाई एकै ठाउँमा ल्याउने, मधेस, पहाड, हिमाल बीचमा एकता बनाइराख्न आफू र आफ्नो नेतृत्वको सरकार सफल भएको प्रधानमन्त्रीको भनाइ छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन बाँकी भए पनि त्यसको आधारशीला खडा भएको, प्रदेश तथा केन्द्रीय संसद्को निर्वाचन हुने वातावरण पनि बनेको भन्दै उहाँले स्थानीय तहमा पुगेको अधिकार हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि भएको बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “२००७ सालदेखि भएका क्रान्ति, जनआन्दोलन, जनयुद्ध हेर्दा यस पटक गुणात्मक र प्रभावकारी काम भएको छ । नयाँ संरचना बनाउँदा केही समस्या त जरुर आउँछ तर त्यसलाई सम्बोधन गरेर जान सकिन्छ भन्ने विश्वास पैदा भएको छ ।”
दुई ठूला छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्न सकिएको, ‘एक पेटी एक मार्ग’ (ओबिओर)मा हस्ताक्षर भएको, काठमाडौँ–तराई मधेस द्रुतमार्गको निर्माण प्रक्रिया सुरु भएको, हुलाकी राजमार्ग निर्माणले गति लिएको र महाकालीमा पुल निर्माण तथा अन्य विकास निर्माणका कामसमेत प्रभावकारी तवरले भएको भन्दै प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभयो ।
विद्युत्भार कटौतीको अन्त्यसँगै आर्थिक वृद्धिदर २५ वर्षपछि उच्च स्थानमा पुग्नु सफलताको अर्को सूचक रहेको भन्दै प्रधानमन्त्री दाहालले विगतमा के होला, कसो होला भनेर गरिएका सबै प्रकारका आशङ्का विश्वासमा परिणत भएको स्पष्ट पार्नुभयो ।
आफ्नो नेतृत्वको सरकारलाई सफल बनाउन मुख्य सचिवको विशेषज्ञाले पनि काम गरेको भन्दै प्रधानमन्त्रीले स्थायी सरकारका रुपमा रहेको कर्मचारी प्रशासनले पनि जनताको पक्षमा काम गर्ने वातावरण पैदा भएकामा खुसी व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रा कर्मचारीतन्त्र सक्षम छ, पारदर्शी पनि छ । राजनीतिक नेतृत्वले नैतिक बलका साथ काम ग¥यो भने सफल बनाउन लाग्छ भन्ने पनि देखिएको छ ।” उहाँले आज बिदाइ गरे पनि आफ्नो पार्टी र नेतृत्व पुनः सरकारमा आउने भएकाले स्वागत गर्ने तयारी गर्न कर्मचारी प्रशासनलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा मुख्यसचिव डा सोमलाल सुवेदीले प्रधानमन्त्रीलाई बुद्धको प्रतिमा प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् उच्चपदस्थ कर्मचारीले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रहेर काम गर्दा मुलुकले प्राप्त गरेको उपलब्धि आफूहरुका लागिसमेत प्रमुख उपलब्धि भएको धारणा राख्नुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...