दश महिने कार्यकाल सफल भयो – कानुनमन्त्री नायक - Naya Online

दश महिने कार्यकाल सफल भयो – कानुनमन्त्री नायक

काठमाडौँ, २२ जेठ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आफ्नो १० महिने कार्यकाल सफलताका साथ सम्पन्न भएको बताउनुभएको छ ।

Minister for Law, Justice and Parliamentary Affairs Ajaya Shankar Nayak addresses journalists at an interaction programme in Kathmandu on Monday, November 07, 2016. Photo: Reporters’ Club

मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो १० महिने कार्यकाल राम्रो भएको चर्चा गर्दै पार्टीले जिम्मेवारी दिएमा पुनः काम गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो ।
संविधान कार्यान्वयनका विषयमा शङ्का उपशङ्का गर्ने कुनै ठाउँ छैन भन्दै
मन्त्री नायकले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि निर्माण भएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका ऐन छिट्टै संशोधन हुने बताउनुभयो ।
मन्त्रालयका सचिव कमलशालि घिमिरेले १० महिने कार्यकालमा एकपटकसम्म विदेश भ्रमण नगइकन क्रियाशील रुपमा मन्त्री नायकले काम गरेको चर्चा गर्नुभयो ।
संविधान कार्यान्वयनसम्बन्धी ४० वटा विधेयक व्यवस्थापिका–संसद्बाट पारित भई कार्यान्वयनमा आइसकेको र ४१ विधेयक संसद्मा विचाराधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पाँचथरको कुम्मायक गाउँपालिका–१ मा गठबन्धनका पदमा देवेन्द्र कुमार लावती विजयी

कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाको–१ नम्बर वडामा गठबन्धनतर्फका देवेन्द्र कुमार लावती बहुमतले विजयी बनेका...

दिवा चेम्जोङः एक सक्षम उम्मेद्वार

स्थानीय निर्वाचन २०७९ का लागि धनकुटाको चौविसे गाउँपालिकामा गठबन्धन दलबाट उपाध्यक्षको उम्मेद्वारी दिएका दिवा...

कान्छी उपमेयर उम्मेद्वार जुनु लिम्बू (सृष्टि खापुङ)

लिम्बू विद्यार्थी मञ्चको आठौं राष्ट्रिय महाधिवेशन २०७३ सालमा इलामको लारुम्बामा हुँदै थियो । उक्त...

‘अमेरिकाको नागरिकता त्यागेर नेपाल भ्रष्ट्राचार गर्न आएको होइन’ –गम्बु शेर्पा

सन् २०२१ मा गम्बु शेर्पाले ‘फर्किएका पाइला’ पुस्तक लेखे । पुस्तकभित्र ६२४ पेजमा गम्बुका...

अवसरवादी र अहंकारवादी तत्वलाई मतदान नगर्न लावतीको आग्रह

-पदम सुखी सम्बाहाम्फे पाँचथर । कुम्मायक गाउँपालिका वडा नम्बर १ स्थित साविक वडा नम्बर...

वडाध्यक्षका उम्मेदवारले गरे बराहक्षेत्रका सर्जकहरुसगँ अन्तरक्रिया

धरान । बराहक्षेत्र नगरपालिका वडा नम्बर– ३ बाट नेकपा(एमाले)का तर्फबाट वडाअध्यक्षका उम्मेदवार रुद्र दाहालले...

गठबन्धनका उम्मेदवारलाई जिताउन जनआकांक्षाको लहर बढ्दो

-पदम सुखी सम्बाहाम्फे पाँचथर । कुम्मायक गाउपालिकाको ५ वटै वडामा ४ दलीय गठबन्धनको चुनावी...

कुम्मायक गाउँपालिकामा गठबन्धनका उम्मेदवारले स्वतः चुनाव जित्ने दाबी

-पदम सुखी सम्बाहाम्फे पाँचथर, १४ वैशाख । चुनावी मनोनयन दर्ता भएपछि कुम्मायक गाउँपालिकामा पनि...

चारदल चुनावी गठबन्धनको बाजी मार्ने दाबी

-पदम सुखी सम्बाहाम्फे पाँचथर । पाचथरको कुम्मायक गाउँपालिकामा चार राजनीतिक दलहरु गठबन्धन गरेर निर्वाचनमा...

दुर्घटनमा मृतक तथा घाइतेको सनाखत

धरान, २ वैशाख । भेडेटार दुर्घटनामा परेका मृतक तथा घाइतेको सनाखत भएको छ ।...