यति बैंकले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने - Naya Online

यति बैंकले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने

काठमाडौँ, २२ जेठ । यति डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने भएको छ ।

ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गको विशेष समन्वयमा यति डेभलपमेन्ट बैंकले दरबारमार्ग र त्यस वरपरका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गर्न लागेको हो ।

ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गमा आज भएको कार्यक्रममा बैंकका कामु कार्यकारी अधिकृत दिपेश लम्साल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

महाशाखाका प्रमुख लामाले वार्षिक ४० देखि ४५ प्रतिशत मानिस जथाभावी बाटो काटेका कारण अकालमा मृत्यु हुने गरेको बताउँदै यसलाई कमी गर्नका लागि जेब्रा क्रसिङ बनाउन साथै मर्मत गरेर बैंकले राम्रो काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “सामाजिक कामका लागि सबै एकजुट हुनुपर्छ ।”

पोखरामा जेब्रा क्रसिङ मर्मत गर्दै स्वयंसेवीहरु

बैंकका कामु कार्यकारी अधिकृत लम्साल ट्राफिकले चालेको कदममा साथ दिन पाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गका प्रमुख प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले जेब्रा क्रसिङको निर्माणसँगै जथाभावी बाटो काट्ने प्रवृत्तिको अन्त्य हुने बताउनुभयो ।

महाशाखाले एक हप्ताभित्र उपत्यकाका मुख्य सडकमा जेब्रा क्रसिङ बनाएर जेब्रा क्रसिङको प्रयोग नगर्ने यात्रुलाई कारबाही गर्ने बताएको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...