सक्रान्ति बजारमा विद्युत् विस्तार - Naya Online

सक्रान्ति बजारमा विद्युत् विस्तार

तेह्रथुम, २२ जेठ । तेह्रथुमको पूर्वी क्षेत्रको पुरानो तथा ऐतिहासिक व्यापारिक केन्द्र सक्रान्ति बजारमा शनिबारबाट विद्युत् विस्तार भएको छ । लामो प्रयासपछि बल्ल बजारमा विद्युत् विस्तार हुँदा स्थानीय हर्षित भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले सक्रान्ति बजारका ७९ घर र छ वटा कार्यालयमा विद्युत् जडान गरेर बत्ती बालेको इन्जिनियर दीपक दाहालले बताउनुभयो । आठराई गाउँपालिकाको केन्द्रसमेत सक्रान्ति बजारमा प्राधिकरणले जिरिखिम्ती वितरण केन्द्रमा रहेको ३३ केभीए ट्रान्सफर्मरबाट मोराहाङ, पोक्लाबाङ, इसिवु हँुदै जम्दार डाँडामा ११ केभीए ट्रान्सफर्मर राखेर बजारमा विद्युत् सुविधा पु¥याएको हो ।

तर इसिवुदेखि सक्रान्ति बजारसम्मका पूरै गाउँमा अझै पनि विद्युतीकरण गरिएको छैन । गाउँपालिकाका सबै वडामा विद्युत् सेवा पुगेको छैन । यसअघि सोलार प्रविधिबाट दैनिक कार्य सञ्चालन गर्दै आएका स्थानीयले केन्द्रीय प्रसारण लाइनको बत्ती बाल्न पाउने भएपछि हर्षित भएका हुन् ।

विद्युत् सुविधा आएपछि सक्रान्ति बजारमा रहेका इलाका प्रशासन, गाउँपालिका कार्यालय, मालपोत, नापी, बैंक तथा वित्तीय संस्थालाई पनि सेवा प्रवाह गर्न सहज भएको छ । वर्षौंपछि बल्ल विद्युतीकरण भएकाले बजारवासी खुसी भएको स्थानीय भोला काफ्लेले बताउनुभयो ।

“अब बजारमा उद्योग व्यवसाय फस्टाउने आशा गरिएको छ, विद्युतले थुप्रै व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने छ, सक्रान्ति उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेम पौडेलले भन्नुभयो । विद्युत् नहुँदा छानामाथि ससाना सोलार राखेर व्यवसाय चलाइरहेका व्यापारी र व्यवसायीलाई विद्युतीकरणबाट राहत मिलेको पौडेलले बताउनुभयो ।

विद्युत् विस्तारका लागि बजारवासीले श्रमदान र नगद सहयोग समेत गरेका छन् । बजार क्षेत्रमा विद्युतीकरणका लागि उद्योग वाणिज्य सङ्घ उपशाखा सक्रान्ति बजारले अगुवाइ गरेको थियो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...