विश्व वातावरण दिवसका अवसरमा प्रमद्वारा शुभकामना - Naya Online

विश्व वातावरण दिवसका अवसरमा प्रमद्वारा शुभकामना

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

विश्व वातावरण दिवस, २०७४ को अवसरमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षण गरी सम्पूर्ण पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा अझ सक्रिय हुन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई विशेष अनुरोध गर्दै दिवसले सबैलाई स्वच्छ, स्वस्थ र सन्तुलित प्रकृति र प्राकृतिक वातावरणका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

‘संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आएकामा आजको दिन (जेठ २२ गते तद्नुसार जुन ५, २०१७) “प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त” भन्ने नाराका साथ नेपालमा पनि विश्व वातावरण दिवस मनाउन लागिएकामा खुसी व्यक्त गर्दछु”– शुभकामना सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले पृथ्वी र प्रकृति सबैको साझा भएको, मानव समाज प्राकृतिक वातावरणको एक महत्वपूर्ण अङ्ग भएको हुँदा यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी भएको सन्देशमार्फत व्यक्त गर्नुभएको छ ।

स्वस्थ एवम् स्वच्छ वातावरण सिर्जना गर्न प्रण गर्ने दिन पनि हो सन्देशमा भनिएको छ–“हाम्रो अमूल्य प्राकृतिक स्रोतको संरक्षण गर्दै पृथ्वी र प्रकृतिले धान्नसक्ने क्षमता कायम राख्दै यिनीहरूलाई पुस्तागत हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो, नेपालको संविधानले हामी सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ ।”

नेपाल सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले जनसङ्ख्याको बढ्दो चाप, विकास निर्माणप्रतिको प्राथमिकता र बदलिँदो मानव व्यवहारले गर्दा वन, जैविक विविधता र प्रकृतिको विनाश, भू–क्षय, प्रदूषण तथा जलवायु परिवर्तनका समस्याले प्रकृतिको स्वभाविक चक्रलाई अवरुद्ध गरेको सन्देशमा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्रकृति एवम् प्राकृतिक वातावरणलाई दिगो संरक्षण गर्दै वातावरण र विकास तथा सूचना प्रविधिबीच सन्तुलन कायम राख्न सबै प्रतिबद्ध एवम् एकताबद्ध हुनु आवश्यक छ भन्नुभयो ।

“दिगो विकास र वातावरण संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापन गर्ने दिशामा योजना तथा कार्यक्रम परिलक्षित गरी कार्यान्वयनमा कटिबद्ध रहन दिवसको उपलक्ष्यमा सबैलाई हार्दिक अपिल गर्दछु”– सन्देशमा उल्लेख छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...