संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र घोषणा - Naya Online

संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

चितवन, २१ जेठ ।

भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान हुने भएपछि हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
समितिले आज जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी हुलदङ्गा, जुलुसलगायत गतिविधिलाई कानुनबमोजिम व्यवस्थित गरी शान्ति सुरक्षा कायम गर्न गराउनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, भरतपुर महानगरपालिका, अस्पताल, मतगणना स्थल रहेको कभर्डहल र प्रशासनिक कार्यालय रहेकोे स्थान समेतमा धर्ना, जुलुस, आमसभा, विरोधसभा, कोणसभालगायत कार्य गर्न नदिन आजैको मितिदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।
पूर्वतर्फ मालपोत चोकदेखि जिल्ला अदालत आउने सडक, पश्चिमतर्फ चौबीसकोठीदेखि जिल्ला प्रहरी कार्यालय आउने सडक, उत्तरतर्फ मुख्य निर्वाचन अधिकृतको कार्यालय पछाडिको सडक र दक्षिणतर्फ हाकिमचोकदेखि जिल्ला कारागार कार्यालय आउने सडकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
स्थानीय प्रशासनले संवेदनशील क्षेत्रको शान्ति सुरक्षामा कडाइ गरिएको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । दङ्गा नियन्त्रण कार्यालय हेटौँडा र प्रहरी शिक्षालय भरतपुरका गरी ४०० सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।
“जिल्लाबाट निर्वाचनका लागि महोत्तरी र बारा गएको १७५ जनाको टोलीलाई फिर्ता बोलाएका छौँ,” उहाँले भन्नुभयो । ठूलो सङ्ख्यामा सशस्त्र प्रहरीलाई समेत तयारी अवस्थामा राखिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...