समाजवादी र नयाँ शक्तिले चुनानी घरदैलो थाल्यो - Naya Online

समाजवादी र नयाँ शक्तिले चुनानी घरदैलो थाल्यो

दमक, २१ जेठ ।
संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालका संयुक्त उम्मेद्वारले आइतबारबाट झापाको दमक नगरपालिकामा चुनावी घरदैलो कार्यक्रमलाई व्यापकता दिएको छ ।
संयुक्त निर्वाचन परिचालन तथा प्रचार प्रसार समितिले आइतबारबाट चुनावी घरदैलो कार्यक्रम थालेको समितिका संयोजक कमन देवानले जानकारी दिनुभयो । आइतबारबाट असार १ गतेसम्मका लागि वडा केन्द्रित घरदैलो अभियान थालिएको देवानले बताउनुभयो । ‘हामीले मसाल चुनाव चिन्ह दमक नगरवासी जनतासम्म पुर्याउन र हाम्रा एजेण्डाहरुलाई जनतासम्म जानकारी दिन वडा केन्द्रित अभियान थालेका हौं’, उहाँले भन्नुभयो ।
प्रत्येक वडामा बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म दुई–दुई दिन चुनावी प्रचार हुने समितिले जनाएको छ । घरदैलो अभियान तालिका अनुसार जेठ २१ र २२ गते दमक ५, जेठ २३ र २४ गते दमक १, जेठ २५ र २६ गते दमक ८, जेठ २७ र २८ गते दमक ६, जेठ २९ र ३० गते दमक ७ र जेठ ३१ र असार १ गते दमक ३ मा घरदैलो कार्यक्रम सम्पन्न गरिने संघीय समाजवादी फोरमका झापा जिल्ला सचिव सुशीलकुमार राईले जानकारी दिनुभयो ।
आइतबारको चुनावी घरदैलोमा दुवै पार्टीका तर्फबाट संयुक्त मेयर पदका उम्मेद्वार सतिश साह, उपमेयरका उम्मेद्वार गंगा सागर शेर्मा, वडा नम्बर ५ का उम्मेद्वार राजु खड्का, वडा सदस्य पदका उम्मेद्वारहरु पुष्कर भट्टराई, उमा मगर लगायतले आफ्नो चुनावी प्रचार गरेका थिए ।
वडा नम्बर ७ का वडा अध्यक्ष उम्मेद्वार गजेन्द्र लावती, वडा नम्बर १ का वडा अध्यक्ष उम्मेद्वार ओममाया आङ्देम्बे, वडा नम्बर ६ का वडा अध्यक्ष उम्मेद्वार पुष्प न्यौपाने, वडा नम्बर ८ का वडा अध्यक्ष उम्मेद्वार उमेश गजमेर, वडा नम्बर ३ का वडा अध्यक्ष उम्मेद्वार डम्बर तिम्सिना लगायतले पनि एकीकृत घरदैलो अभियानका सघाउनुभएको थियो ।
एकीकृत घरदैलो कार्यक्रमले चुनावी प्रचार अभियान प्रभावकारी बनेको नयाँ शक्ति नेपालका प्रदेश नम्बर १ सदस्य योगेश उप्रेतीले बताउनुभयो । दुई पार्टीका नेता–कार्यकर्ताबीच चुनावी प्रचार अभियानले अन्तरघुलनको अवसर मिलेको उप्रेतीको भनाइ छ ।
दुवै पार्टीले संयुक्त चुनावी तयारीका साथ दमक नगरपालिकाको विभिन्न १० मध्ये ६ वटा वडाहरुमा वडा अध्यक्ष, वडा सदस्यसहित मेयर र उपमेयरमा उम्मेद्वारी तय गरेर चुनावी प्रचारमा जुटेको हो । झापाका अन्य नगरपालिका र गाउँपालिकाहरुमा भने दुई पार्टीबीच तालमेल हुन सकेको छैन । दुवै पार्टीले दमक १, ५ र ७ वडामा आफ्ना उम्मेद्वार दावेदार भएको बताएका छन् । वडा ६, ८ र ३ मा भने प्रतिस्पर्धात्मक स्थिति रहने बताइएको छ ।
ससफो र नयाँ शक्तिले मोरङको उर्लाबारी र पथरी शनिश्चरे नगरपालिका निर्वाचनमा पनि संयुक्त चुनावी कार्यक्रम अघि बढाएको ससफो नेपाल लिम्बुवान प्रदेश समितिका प्रचार विभाग प्रमुख प्रेम वनेमले जानकारी दिनुभएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...