लण्डनमा भएको आक्रमणपछि ४८ व्यक्ति अस्पताल भर्ना - Naya Online

लण्डनमा भएको आक्रमणपछि ४८ व्यक्ति अस्पताल भर्ना

लण्डन, २१ जेठ । मध्य लण्डनमा शनिबार राती भएको दुई वटा आतङ्ककारी आक्रमणमा परी घाइते भएका ४८ लाई उपचारार्थ अस्पताल भर्ना गरिएको लण्डन एम्बुलेन्स सेवाका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
शनिबार भएको दुई वटा आक्रमणमा परी छ जनाले भने ज्यान गुमाएका थिए । यस आक्रमणबाट घाइते भएका ४८ व्यक्तिलाई लण्डनका पाँच वटा अस्पतालका भर्ना गरिएको लण्डन एम्बुलेन्स सेवाले जानकारी दिएको हो ।
शनिबार राती भएको यस आक्रमणबाट सामान्य घाइते भएका केही व्यक्तिलाई भने उपचारपछि घर फर्काइएको छ ।
लण्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा सदिग्ध आतङ्ककारीले जथाभाबी रुपमा छुरा प्रहार गरेको यस दुई वटा घटनामा परी मारिनेको सङ्ख्या छ पुगेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
यस घटनामा संलग्न भएका ३ जना संदिग्ध हमलाकारीहरु प्रहरी हानेको गोलीबाट मारिएका छन् ।
यसअघि नै बेलायती प्रधानमन्त्री थेरेसा मेले यस घटनालाई सम्भावित आङ्कककारी घटना भन्नु भएको थियो ।
गत २२ मे साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भएको भयानक विस्फोटमा परी २२ को मृत्यु हुनुको सार्थै दर्जनौ. व्यक्ति घाइते भएका घटनाको दुई हप्ता वित्न नपाउँदै पुनः यो आक्रमण भएको छ । रासस/एएफपी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

भारतमा तापक्रम ४९ डिग्री सेल्सियस, गर्मीले ६ जनाको मृत्यु

एजेन्सी । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको...

रुस–युक्रेन युद्धोन्मादको क्याटालिस्ट नाटो, नोर्ड स्ट्रिम २ को स्पष्ट मुक्कोपिरा र जि–७ को धूमिल छाँया

– उदय  ‘पूर्वेली’ चोङ्बाङ्क्याक विशेषगरी अहिले गत २४ फेब्रुअरी, बिहीबार बिहान सबेरैदेखि रुसले युक्रेनको...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

म्यानमार सेनाद्धारा करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण, हजारौं मानिस गाउँ छोड्न बाध्य

एजेन्सी, १७ मंसिर । म्यानमार सेनाले करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण गर्दा...

भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आइतबार...

पोर्तुगल विकसित हुनुमा आप्रवासी कामदारको हातः मार्सेलो

केश तमू पोर्तुगल, १० अक्टोबर । पोर्तुगलका रास्ट्रपति मार्सेलोले देश विकाशमा अप्रवासीहरुको ठूलो भुमिका...

‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावालाई

सिक्किम, २३ असोज । ‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावाले पाएका...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

न्यूयोर्कको बाढीमा परेका नेपाली परिवार घरबेटीलाई गुहार माग्दामाग्दै डुबे

काठमाडौ, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...