नेपालमा आदिवासी अधिकार विमोचित - Naya Online

नेपालमा आदिवासी अधिकार विमोचित

२०७४ जेठ १७ । अल्फा हाउस बानेश्वर काठमाडौंमा लाहुर्निप तथा IWGIA (इव्गीया) द्वारा आयोजित पुस्तक विमोचन समारोह नेपाल वार एशोसिएशनका अध्यक्ष बरिष्ठ अधिवक्ता श्री शेरबहादुर के.सी.को प्रमुख आतिथ्य तथा भूमिसुधार तथा व्यवस्था मन्त्री माननीय डा. गोपाल दहित र भाषा आयोगका अध्यक्ष माननीय डा. लवदेव अवस्थीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

यस समारोहमा भूमिसुधार तथा व्यवस्था मन्त्री माननीय डा. गोपाल दहितले नेपाल सरकारले नीति निर्माण गर्दा आदिवासीमैत्री हुने प्रतिबद्घता जनाउनु भयो । आदिवासीसंग सम्बन्धित दुईटा पुस्तकहरुको विमोचन समारोहमा विशेष अथितिको मन्तव्य राख्ने क्रममा उक्त कुरा व्यक्त गर्नु भएको हो । उक्त पुस्तकहरु माननीय मन्त्री डा. गोपाल दहित, माननीय डा. लभदेव अवस्थी र बरिष्ठ अधिवक्ता शेरबहादुर के.सी. तीनजनाले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो ।

नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)ले मिति २०७३ पौष २२ र २३ गते आयोजना गरिएको उच्च स्तरीय नीतिगत संवादमा प्रस्तुत विभिन्न कार्यपत्रहरुको संगालो “नेपालमा आदिवासी अधिकारः नीतिगत अवस्था, चुनौती र अवसरहरु” तथा ईन्टरनेसनल वर्क ग्रुप फर ईन्डिजिनियस अफेयरस्ले आफ्नो वार्षिक प्रकाशन “The Indigenous World 2017” नामक पुस्तकहरुको आज विमोचन गरिएको हो ।

नेपालमा आदिवासी अधिकारः नीतिगत अवस्था, चुनौती र अवसरहरु नामक पुस्तकमा जम्मा १५ वटा लेखहरु रहेकाछन्, जसमा ७ वटा मन्त्रालयको तर्फबाट, १ मानव अधिकार आयोग र ७ वटा आदिवासी विज्ञहरुद्वारा लेखिएका लेखहरु समावेश गरिएका छन् । नेपालमा आदिवासी अधिकारको नीतिगत रुपमा पहिलो पटक बहश भएको र सो बहश विश्लेषण गरी पुस्तककारको रुपमा पहिलो पटक छापिएको कुरा सम्पादक गोविन्द छन्त्यालले उल्लेख गर्नु भयो ।
विश्लेषणात्मक पुस्तकको रुपमा व्याख्या गर्दै माननीय मन्त्रीले भूमि सुधार गर्दा आदिवासीको थातथालोलाई विचार गर्ने पनि बताउनु भयो । साथै जग्गा हदबन्दि गर्दा पनि आदिवासीका संघसंस्था तथा गुठी प्रयोजनलाई पनि विचार गर्ने बताउनु भयो ।

नेपाल बारका अध्यक्ष शेरबहादुर के.सी.ले आफू मानव अधिकार विद्यार्थी रहेको र सोही विषयमा अध्यापन गराई राखेको तथा आदिवासीको अधिकार पनि मानव अधिकारको अभिन्न अंग भएको बताउनु भयो । साथै नेपाल बार एशोसिएशन पनि आदिवासीको क्षेत्रमा कार्य गर्ने प्रतिबद्घता जनाउनु भयो । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आदिवासी अधिकारको नीतिगत संवाद स्थानीय तथा गैरआदिवासीमा नपुगेको बताउनु भयो ।

पुस्तकको बारे समिक्षा गर्दै डा.डम्बर चेम्जोङले समग्रमा पुस्तक ज्ञानबद्र्घक, उपयोगी तथा आदिवासीका विविध पक्षलाई समेटेकोले विविधताको पुस्तकको संज्ञा दिनु भयो । राज्य पक्षको लेखहरुले आदिवासीको अधिकार पर्याप्त भएको देखिन्छ भने आदिवासीको पक्षबाट लेखिएका लेखहरुमा आदिवासीको अधिकार नीतिगत रुपमा अझै पनि कमी रहेको देखिन्छ भन्नुभयो । तथापि पुस्तक प्रकाशन आदिवासी अधिकारको नीतिगत वहशको थालनी भएको बताउनु भयो ।

द ईन्डिजिनियस वल्र्ड २०१७ पुस्तक आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, २००७ (यूएनड्रीप) को दशकको रुपमा ईन्टरनेसनल वर्क ग्रुप फर ईन्डिजिनियस अफेयरस्ले प्रकाशन गरेको हो । यस पुस्तकमा संसारभरका आदिवासीहरुको अवस्था समेटिएको छ । नेपालको संविधान कार्यान्वनको बारेमा डा. कृष्ण बहादुर भट्टचनले लेख्नु भएको लेख यस पुस्तकमा समावेश गरिएको छ । साथै एसियामा यूएनड्रीपको १० वर्षमा भएका प्रभाव तथा उपलब्धिको बारेमा अधिवक्ता शंकर लिम्बूले लेख्नु भएको लेख पनि यस पुस्तकमा समावेश गरिएको छ ।
यस समारोहको अध्यक्षता लाहुर्निपका अध्यक्ष अधिवक्ता शान्ति कुमारी राईले गर्नु भएको थियो भने लाहुर्निपका कोषाध्यक्ष अधिवक्ता भिम राईले स्वागत मन्तव्य राख्नु भएको थियो । साथै कार्यक्रमका अध्यक्षता गर्नु भएका अधिवक्ता शान्ति कुमारी राईले मन्तव्य राख्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...