प्रतिभा प्रदर्शनमा उत्रिए मंगोल युवती - Naya Online

प्रतिभा प्रदर्शनमा उत्रिए मंगोल युवती


काठमाडौं: एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित मिस मंगोल नेपाल २०१७ का सहभागीले शनिबार राजधानीमा ‘मिस ट्यालेन्ट’ उपाधिका लागि आआफ्नो प्रतिभा देखाए । प्रतियोगीले नृत्य, गीत, पेन्टिङ, विचार अभिव्यक्ति, बाद्यवादन, अभिनय, क्यारिकेचरमार्फत आआफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् ।

आफ्नो पालो आएपछि स्टेजमा पुगिन् धरान निवासी जेन लिम्बु । गीत गुन्जियो, ‘राम्री पनि भाकी छु ।’ गीतको तालमा उनी छमछमाउन थालिन् । त्यही प्रतियोगीता, स्टेज अनि गीतमा दुई वर्षअघि त्यही उपाधीका लागि डा. निमा पुन नाचेकी थिइन् । दुई वर्षअघि उनी प्रतियोगी थिइन भने यस पटक निर्णायक ।
प्रतियोगीतामा जेनका साथै सोफिया महर्जन, दुर्गा थापामगर, मिना लामा, निशा राई, सुरक्षा जवेगु, कन्चन योञ्जन, खुसी मगर, केट्रिन कुलुङ, नेहा खड्गीले नृत्य गरेका थिए । त्यसैगरी प्रेमकला राई, अरिना राई, रेनुका लामा, महिना राई, सल्मा पुन, हाङमा निङलेखु, रेभा सुनुवार र करुना पुनले पनि नृत्य नै प्रस्तुत गरेका थिए । कार्यक्रममा मिना लामा र निशा लिम्बुले पेन्टिङ, अनिता लामा र रेश्मा मोत्तानले गीत गायन, सुविक्षा मगर, प्रिया राजभण्डारी र सारदा थापाले विचार अभिव्यक्ति एवं भुमिका थापा र तृष्णा लामाको नाट्य प्रस्तुति रहेको थियो ।
मिस मंगोल नेपालको यो नवौं संस्करण हो । यस संस्करणमा शीरमा ताज सजाउने सपनासहित विभिन्न १७ जिल्लाका ३० प्रतियोगी अन्तिम प्रतिष्पर्धामा उत्रिएका छन् । सिंगापुर इन्टरप्राइजेजको शिर्ष प्रायोजनमा भएको प्रतियोगतिामा वायो हुस्की, हट सिक्स इनर्जी ड्रिंक, स्काई एजुकेसन कन्सल्टेन्सी, सल्भ एण्ड केयर, मिसुमी कस्मेटिकलगायतका साथ रहेको छ । प्रतियोगीतको अन्तिम प्रतिष्पर्धा जेठ २७ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।
प्रतियोगीताको उत्कृष्ठ १५ मा पुग्न ट्यालेन्ट राउण्डको प्रस्तुतीलाई २५ प्रतिशत आधार मानिने भएकाले सहभागीहरु ससक्त रुपमा प्रस्तुत भएका थिए । मिस ट्यालेन्ट उपाधि विजेताले उत्कृष्ठ १५ मा सिधै प्रवेश पाउने छ । प्रतियोगीको प्रस्तुतीलाई चलचित्र सम्पादक नरेन्द्र खड्का, कलाकार उत्तम केसी, सञ्चारकर्मी डब्बु क्षेत्री, संगीतकार शान्तिराम राई, म्युजिक भिडियो निर्देशक विज्ञान राई र मिस मंगोल नेपाल २०१५ डा. निमा पुनले मुल्यांकन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

काठमाडौँमा मनाइयो जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव

काठमाडौँ, १० असोज । नेपालको राजधानी काठमाडौँमा पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं...

सिक्किममा बनेको चलचित्रले पर्यटनमा सघाउ पुगेको छ –सांसद इन्द्रहाङ सुब्बा

गान्तोक, २१ सेप्टेम्बर । भारतीय लोकसभाका सांसद इन्द्रहाङ सुब्बाले सिक्किममा चलचित्र बनेर सिक्किमको पर्यटन...

किरात समाजको प्रथम वार्षिक साधारण सभा–२०७६ भव्यरूपमा सम्पन्न

ललितपुर, २३ भदौ । किरात समाज, लुभु ललितपुरको प्रथम वार्षिक साधारण सभा भदौ २१...

लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक

ललितपुर, २२ साउन । ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको...

बुद्धि दाइको घरजम भएपछि मेरो हुन्छ– कुमार तामाङ

पछिल्लो समय कुमार तामाङ हैट्को डुब्लिकेटको रुपमा चर्चित छन् । आमा शान्तामाया थिङ र...

प्यारडाईमको १७ औ अभिभावक दिवसमा रमाए विधार्थी

काठमाडौं, २९ फागुन । सामाखुशीस्थित प्यारडाईम पब्लिक स्कुलले आफनो १७ अभिभावक दिवस शनिबार विविध...

मोडलिङ मेरो रहरमात्र हो –साइना सुब्बा आङथुपो (फोटो फिचरसहित)

काठमाडौं, २७ फागुन । केही महिनाअगाडि विश्व मानव उत्थान तथा मेलमिलाप संघको स्थापना भएको...

ललितपुर विशालचोकको वेरीजोन एक्टिङ स्टुडियो ‘तुम्बीबाजे’ मय

ललितपुर, १६ माघ । नखिपोट, विशालचोकस्थित ‘वेरी जोन एक्टिङ स्टुडियो’ माघको ४ गतेदेखि १२...