मलेसिया, ४ जुन । गैर आवासिय नेपाली संघ मलेसियाले २७ अगष्टमा पाँचौ अधिवेशन गर्ने भएको छ ।
शनिबारको दिन अध्यक्ष विश्व राईको अध्यक्षतामा बसेको वसको वैठकले उक्त निर्णय गरेको हो । संघले प्रेस बिज्ञप्ति जारी गर्दै आगामी १५ अगष्ट ५ बजे सम्म नयाँ सदस्यता तथा सदस्यता नबिकरण गरि सक्नुपर्ने समय अबधि तोकिएको छ भने सदस्यता शुल्क आर एम १०० लिने निर्णय गरेको सोही बैठकमा उपस्थित एनआरएनए मलेसियाका महासचिव सुन्दर आलेले जानकारी गराउनु भयो ।
त्यसै गरि २५६१ औ बुद्ध जयन्ति भब्यताको साथ सम्पन्न भएकोमा सम्पुर्ण सहयोगदाता तथा विभिन्न जातिय संघ संस्थाको प्रतीनिधि, नेपालीहरुमा आभार ब्यक्त गर्दै एनआरएनए मलेसियाको तर्फबाट आर एम १२८० सहयोग गर्ने र यसअघि मलेसियामा खडा गरिएको (एनआरएनए मलेसिया कल्याणकारी )कोष तथा नेपालमा निर्माणाधिन भवनलाई आर्थिक सहयोगको बाचा गर्नु हुने सबैलाई यथासिघ्र रकम जम्मा गरि दिन हुनको लागी पनि संघका अध्यक्ष विश्व राईले हार्दिक अनुरोध समेत गरेको छ ।
वैठकले पाँचौं एसिया प्यासिफिक भेलालाई भव्यताको साथ सम्पन्न गर्न सहयोग गर्नु हुने नेपाल सरकार, नेपाली दुतावास मलेसिया,संघसंस्था, पत्रकार, कलाकार सहयोगदाता, व्यवसायीहरु एंव विभिन्न देशबाट आउँनु भएका एनआरएनएका प्रतिनिधीहरुमा संघ महा सचिब सुन्दर आले र अध्यक्ष राईले संयुक्त रुपमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ भनेर तलको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।