‘फूलै राखी हातैमा’ निशा–रुकमान (भिडियोसहित) - Naya Online

‘फूलै राखी हातैमा’ निशा–रुकमान (भिडियोसहित)

काठमाडौं, २० जेठ ।
फूलै राखी हातैमा विन्ति बिसौकि
भेट भो आज मौकैले साथै लैजाउ कि
उल्लेखित शब्दलाई गायिका ममता राई र भर्सटायल गायक राजेशपायल राईले मिठो पुर्वेली लोकभाका गाएका छन् । सुन्दै मिठास लाग्ने यो गीतको भिडियो पनि सार्जजनिक भएको छ ।
माया पिरतीको कुरासँगै पुर्बको विभिन्न गाउँठाउँलाई समेटिएको यस गीतको भिडियोमा किराती कलासंस्कृति र भेषभूषालाई झल्काइएको छ । गायिका ममताको एल्बम ‘ममता–२’मा समावेश यो गीतको भिडियोलाई राजधानीमा शनिबार एक समारोहबीच सार्वजनिक गरिएको हो ।
एल्बम ‘ममता–२’ सार्वजनिक कार्यक्रममा भिडियो सार्वजनिक गरिएको थियो । एल्बमको गायिका मिरा राणा, संगीतकार तथा प्राज्ञ शान्तिराम राईलगायतले विमोचन गरे । कार्यक्रममा बोल्दै गायिका मीराले भनिन्, ‘ममताको स्वरमा साँच्चीकै मिठास पाएँ ।’ उनले सार्वजनिक गरिएको भिडियो तथा गीतको पनि खुलेर प्रशंसा गरिन् । ‘गीत तथा भिडियो त यस्तो पो हुनुपर्छ’ गायिका मीराले भनिन्, ‘यो गीतले मेरो पनि मन छोयो ।’ त्यस्तै, संगीतकार शान्तिरामले लामो समयपछि पुर्वेली लोकभाकाको मन छुने गीत तथा भिडियो हेर्न पाएको बताए । उनले गायिका ममतालाई सफलताको शुभकामना दिँदै भने, ‘पछिल्लो समय हराउन लागेको पुर्बेली लोकभाकालाई ममताले ब्युताएकी छन् । यो एल्बम तथा भिडियोको सफलताका लागि शुभकामना छ ।’

पत्रकार एमपी सुब्बाले निर्देशन गरेको ‘फूलै राखी हातैमा…’ गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल तथा अभिनेत्री निशा लिम्बू पोमु र गायक रुकमान लिम्बूले अभिनय गरेका छन् । भिडियोमा निशा र रुकमानको केमेष्ट्री खुबै सुहाएको छ । द हाइल्याण्ड आर्ट, तेह्रथुमे ढाका बुटिक र रुपा आङबुहाङले तयार गरेको पहिरन तथा गरगहनामा निशा निकै खुलेकी छन् भने मोडलका रुपमा प्रस्तुत गायक रुकमान तेह्रथुमे ढाका बुटिककी निरु आङबुङले तयार गरेको दाउरा–सुरुवाल र ढाका टोपीमा टिपिकल देखिएका छन् । यस भिडियोलाई नविनबाबु गुरुङले खिचेका हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् ।
कार्यक्रममा भिडियो हेरिसकेपछि अतिथि तथा सञचारकर्मीले मोडलद्वय निशा र रुकमानको अभिनय र पहिरनको प्रशंसा गरेका थिए । ‘गीतको भावअनुसार पहिरन कम्बिनेशन एकदमै मिलेको छ’, ‘कार्यक्रममा अतिथिका रुपमा उपस्थित गायक तुलसी पराजुलीले भने, ‘यहाँहरुको मिहिनेतलाई मैले माने । भिडियो धेरै राम्रो बनेको छ ।’
गायिका ममताको यो दोस्रो एल्बम हो । यसअघि ‘ममता’ ल्याएकी ममताले त्यसैको सिरिज ‘ममता–२’ ल्याएकी हुन् । निरन्तरताका लागि एल्बम ल्याएको गायिका ममताले बताइन् । ‘एल्बम त बिक्री हुन्न’ उनले भनिन्, ‘तर, एल्बम निकाल्नुपर्छ भन्ने सोचलाई निरन्तरता दिँदै ‘ममता–२’ ल्याएकी हुा ।’
एल्बममा ६ गीत समावेश छन् । शिरै फूल मेरो, कमलमुखी, फूलै राखी, तिमी मेरो, लेखमा फूल्ने र हाकु पटासी जस्ता बोलका गीत एल्बममा रहेको छ । जसमध्ये ‘फूलै राखी…’ को भिडियो सार्वजनिक गरिएको हो । एल्बममा शिवसंगम राई, भूपाल राई, रुद्रकुमार राई, इन्द्र जिजिबिसा, खगेन्द्र यक्सो, धुव्रसत्य परियारलगायतको शब्द तथा संगीत रहेको छ ।

भिडियो हेर्नुहोस् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...