दमक, २० जेठ ।
किरात राईहरुको साकेला उभौली पर्व येलेदोङ २०७७ को शनिबार झापामा पनि समापन गरिएको छ ।
किरात राईहरुले प्रत्येक वर्ष वैशाखे पूर्णेबाट मनाउने गरिएको साकेला उभौली पर्व शनिबार कमल गाउँपालिक वडा नम्बर ५ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको हातामा अवस्थित साकेला थानमा एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।
किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको आयोजनामा भएको कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलामको चुलाचुली र भारतको बागडोग्राबाट समेत गरि ३२ भन्दा बढी साकेला शिली टोलीहरुले सोकेला शिली प्रस्तुत गरेका थिए ।
किरात राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङको अध्यक्षतामा भएको सो कार्यक्रममा यायोक्खा केन्द्रीय उपाध्यक्ष पारसमणि राईको प्रमुख उपस्थिति रहेको थियो । यसैगरि कार्यक्रममा यायोक्खाका संस्थापक उपाध्यक्ष जितमान राई, केन्द्रीय सदस्यहरु दिपेनबाला राई, रामकर राई किरात राई विदयार्थी संघका केन्द्रीय उपाध्यक्ष रामचन्द्र राई लगायतको उपस्थिती रहेको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।