दमकको मेयरमा ७ र उपमेयरमा ५ जना मैदानमा - Naya Online

दमकको मेयरमा ७ र उपमेयरमा ५ जना मैदानमा

दमक, जेठ २०।
चुनावी प्रसारका दृष्टिले चर्चामा रहेको पश्चिम झापाको दमक नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर पदमा सात जना चुनावी मैदानमा उत्रिएका छन् । उपमेरमा भने पाँच जना उम्मेदवार देखिएका छन् ।
दमक नगरपालिकालाई समृद्ध र देशकै नमूना नगरको रुपमा विकास गर्ने उम्मेदवारहरुले बताएका छन् । चुनावी प्रचारका लागि मैदानमा उत्रिएका उम्मेदवारले विकासका विभिन्न एजेण्डा अघि बढाएका छन् ।
संवाद समूहको सचिवालय झापाको संयोजनमा शनिबार दमकमा भएको सबै उम्मेदवारसँगको छलफलमा उनीहरुले दमक नगरको विकासका लागि राखेका अधिकांश एजेण्डा साझा देखिएका छन् ।
उनीहरुले निर्वाचनलाई द्वन्द्वरहीत बनाउने लगायतका छ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
दमक नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट ढुण्डीराज भण्डारी, नेकपा एमालेबाट रोम ओली, नेकपा माओवादी केन्द्रबाट गगन पुरी उम्मेदवार बनेका छन् । त्यस्तै राप्रपाबाट राम थापा, संघीय समाजवादी फोरम नेपालबाट सतिस साह, विवेकशील नेपाली दलबाट सुवास सुवेदी र स्वतन्त्र रुपमा अर्जुन बुढाथोकी पनि दमकको मेयरको रुपमा उम्मेदवार बनेका छन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई, नेकपा एमालेबाट गीता अधिकारी, नेकपा माओवादी केन्द्रबाट शान्ति धिमाल, राप्रपाबाट रीता श्रेष्ठ र संघीय समाजवादी फोरम नेपालबाट गंगा राई शेर्मा उम्मेदवार बनेका छन् ।
कांग्रेसका मेयरका उम्मेदवार भण्डारी र माओवादी केन्द्रका मेयरका उम्मेदवार पुरीले आफू विजयी भएका पाँच वर्षसम्म कुनै पनि सरकारी तलबभत्ता नलिने र उक्त रकम विपन्न समुदायको हितमा खर्च गर्ने उद्घोष गरेका छन् ।
भण्डारीले नगरबासीको आयस्तर समेत उल्लेख गर्ने प्रोफाइल बनाएर पाँच वर्षभित्र नगरबासीको आम्दानी दोब्बर बनाउने लगायतका एजेण्डा प्रस्तुत गरे ।
एमालेका तर्फबाट मेयरका उम्मेदवार ओलीले रतुवा र मावा नदी तटबन्ध गरी ग्रिडवेल्ड निर्माण लगायतका योजना प्रस्तुत गरे ।
माओवादी केन्द्रका मेयरका उम्मेदवार पुरीले विकासका ठूला परियोजना दमकमा भित्र्याएर नेपालकै पहिलो  नमूना शहर  बनाउनुका साथै दमकलाई भारत–चीन, पहाड–मधेसको ट्रान्जिट पोइन्टको रुपमा विकास गर्ने, सुकुम्बासी समस्या समाधान गर्ने, दमकलाई उपमानगर बनाउने लगायतका एजेण्डा प्रस्तुत गरे ।
सबै उम्मेदवारले नगरलाई बन्दमुक्त, नगरलाई भ्रष्टाचारमुक्त बनाउने, रोजगारीको सिर्जना गरेर युवाशक्ति पलायनलाई रोक्ने विकासका एजेण्डा अघि सारेका छन् ।
त्यस्तै सडक कालोपत्रे र स्तरोन्नति, विद्युतीकरण, शिक्षाको गुणस्तर वृद्धि, खानेपानीमा पहुँच, व्यवसायिक कृषिका लागि विभिन्न कार्यक्रम, पर्यटन प्रबद्र्धन, सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याउने, नगर बस सञ्चालन, फोहोर व्यवस्थापन, आद्योगिक करिडोर निर्माण, खेलकुदको विकास जस्ता विकासका एजेण्डा पनि अघि सारेका छन् । महिला सशक्तिकरण, बाल र युवा सशक्तिकरण, बुद्धको अग्लो मूर्ति स्थापना, भ्यूटावर निर्माण, प्लाष्टिकमुक्त नगर, महिलाका लागि हेल्प डेक्स, प्राविधिक शिक्षा प्रदान, व्यवस्थित आर्यघाट निर्माण, विश्वविद्यालय र मेडिकल कलेजको स्थापना, १२ सम्मको शिक्षा निशुल्क, हरित नगरी, चन्दा आतंक बन्द लगायतका एजेण्डा समेत उम्मेदवारले प्रस्तुत गरेका थिए ।
दमक  नगरपालिकाका उम्मेदवारहरुले व्यक्त गरेको छ बुदे साझा प्रतिबद्धतामा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, कुनै पनि चुनावी एवम् राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने रहेका छन् ।
त्यस्तै आफ्ना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित बनाउँदै निर्वाचनलाई द्वन्द्वरहीत बनाउने, निर्वाचन प्रचार–प्रसारलाई तडक–भडकरहीत कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने पनि उनीहरुको प्रतिबद्धता छ ।  त्यस्तै सबै राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरुले एकअर्काको सह–अस्तित्व स्वीकारी आदर सम्मानपूर्वक व्यवहार गर्दै असल राजनीतिक संस्कारको विकास गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...