दमकको मेयरमा ७ र उपमेयरमा ५ जना मैदानमा - Naya Online

दमकको मेयरमा ७ र उपमेयरमा ५ जना मैदानमा

दमक, जेठ २०।
चुनावी प्रसारका दृष्टिले चर्चामा रहेको पश्चिम झापाको दमक नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर पदमा सात जना चुनावी मैदानमा उत्रिएका छन् । उपमेरमा भने पाँच जना उम्मेदवार देखिएका छन् ।
दमक नगरपालिकालाई समृद्ध र देशकै नमूना नगरको रुपमा विकास गर्ने उम्मेदवारहरुले बताएका छन् । चुनावी प्रचारका लागि मैदानमा उत्रिएका उम्मेदवारले विकासका विभिन्न एजेण्डा अघि बढाएका छन् ।
संवाद समूहको सचिवालय झापाको संयोजनमा शनिबार दमकमा भएको सबै उम्मेदवारसँगको छलफलमा उनीहरुले दमक नगरको विकासका लागि राखेका अधिकांश एजेण्डा साझा देखिएका छन् ।
उनीहरुले निर्वाचनलाई द्वन्द्वरहीत बनाउने लगायतका छ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
दमक नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट ढुण्डीराज भण्डारी, नेकपा एमालेबाट रोम ओली, नेकपा माओवादी केन्द्रबाट गगन पुरी उम्मेदवार बनेका छन् । त्यस्तै राप्रपाबाट राम थापा, संघीय समाजवादी फोरम नेपालबाट सतिस साह, विवेकशील नेपाली दलबाट सुवास सुवेदी र स्वतन्त्र रुपमा अर्जुन बुढाथोकी पनि दमकको मेयरको रुपमा उम्मेदवार बनेका छन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई, नेकपा एमालेबाट गीता अधिकारी, नेकपा माओवादी केन्द्रबाट शान्ति धिमाल, राप्रपाबाट रीता श्रेष्ठ र संघीय समाजवादी फोरम नेपालबाट गंगा राई शेर्मा उम्मेदवार बनेका छन् ।
कांग्रेसका मेयरका उम्मेदवार भण्डारी र माओवादी केन्द्रका मेयरका उम्मेदवार पुरीले आफू विजयी भएका पाँच वर्षसम्म कुनै पनि सरकारी तलबभत्ता नलिने र उक्त रकम विपन्न समुदायको हितमा खर्च गर्ने उद्घोष गरेका छन् ।
भण्डारीले नगरबासीको आयस्तर समेत उल्लेख गर्ने प्रोफाइल बनाएर पाँच वर्षभित्र नगरबासीको आम्दानी दोब्बर बनाउने लगायतका एजेण्डा प्रस्तुत गरे ।
एमालेका तर्फबाट मेयरका उम्मेदवार ओलीले रतुवा र मावा नदी तटबन्ध गरी ग्रिडवेल्ड निर्माण लगायतका योजना प्रस्तुत गरे ।
माओवादी केन्द्रका मेयरका उम्मेदवार पुरीले विकासका ठूला परियोजना दमकमा भित्र्याएर नेपालकै पहिलो  नमूना शहर  बनाउनुका साथै दमकलाई भारत–चीन, पहाड–मधेसको ट्रान्जिट पोइन्टको रुपमा विकास गर्ने, सुकुम्बासी समस्या समाधान गर्ने, दमकलाई उपमानगर बनाउने लगायतका एजेण्डा प्रस्तुत गरे ।
सबै उम्मेदवारले नगरलाई बन्दमुक्त, नगरलाई भ्रष्टाचारमुक्त बनाउने, रोजगारीको सिर्जना गरेर युवाशक्ति पलायनलाई रोक्ने विकासका एजेण्डा अघि सारेका छन् ।
त्यस्तै सडक कालोपत्रे र स्तरोन्नति, विद्युतीकरण, शिक्षाको गुणस्तर वृद्धि, खानेपानीमा पहुँच, व्यवसायिक कृषिका लागि विभिन्न कार्यक्रम, पर्यटन प्रबद्र्धन, सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याउने, नगर बस सञ्चालन, फोहोर व्यवस्थापन, आद्योगिक करिडोर निर्माण, खेलकुदको विकास जस्ता विकासका एजेण्डा पनि अघि सारेका छन् । महिला सशक्तिकरण, बाल र युवा सशक्तिकरण, बुद्धको अग्लो मूर्ति स्थापना, भ्यूटावर निर्माण, प्लाष्टिकमुक्त नगर, महिलाका लागि हेल्प डेक्स, प्राविधिक शिक्षा प्रदान, व्यवस्थित आर्यघाट निर्माण, विश्वविद्यालय र मेडिकल कलेजको स्थापना, १२ सम्मको शिक्षा निशुल्क, हरित नगरी, चन्दा आतंक बन्द लगायतका एजेण्डा समेत उम्मेदवारले प्रस्तुत गरेका थिए ।
दमक  नगरपालिकाका उम्मेदवारहरुले व्यक्त गरेको छ बुदे साझा प्रतिबद्धतामा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, कुनै पनि चुनावी एवम् राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने रहेका छन् ।
त्यस्तै आफ्ना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित बनाउँदै निर्वाचनलाई द्वन्द्वरहीत बनाउने, निर्वाचन प्रचार–प्रसारलाई तडक–भडकरहीत कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने पनि उनीहरुको प्रतिबद्धता छ ।  त्यस्तै सबै राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरुले एकअर्काको सह–अस्तित्व स्वीकारी आदर सम्मानपूर्वक व्यवहार गर्दै असल राजनीतिक संस्कारको विकास गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...