दाङ, २० जेठ ।
इलाका प्रहरी कार्यालय, तुलसीपुरले ठूलो परिमाणमा हातहतियारसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ तरुलेका ६३ वर्षीय विक्रम कामी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
प्रहरीले कामीको साथबाट चारवटा पेस्तोल, दुईवटा भरुवा बन्दुक, इन्सासमा लाग्ने नौवटा गोली, एसएलआरमा लाग्ने एउटा गोली, दुई किलो बारुद, हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ । कामीलाई प्रहरीले उनको घरबाटै पक्राउ गरेको हो । प्रहरीले कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, घोराही पठाएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।