संविधान पूर्ण स्वीकार्य छैन : उपाध्यक्ष चेम्जोङ - Naya Online

संविधान पूर्ण स्वीकार्य छैन : उपाध्यक्ष चेम्जोङ

धनकुटा, २० जेठ ।
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङले संविधानमा कायम रहेका विभेदकारी धाराहरु आफूहरुलाई मान्य नहुने जिकिर गर्नुभएको छ ।
स्थानीय तहको निर्वाचनका लागि गृह जिल्ला धनकुटामा रहनुभएका उपाध्यक्ष चेम्जोङले हाल निर्वाचनमा सहभागी हुनुको अर्थ संविधान पूर्ण रुपमा स्वीकारिएको हो भन्नु गलत हुने बताउनुभएको हो ।
चेम्जोङले भन्नुभयो –‘संविधानमा विभेदकारी धाराहरुमा हाम्रो विमति कायमै छ ।’ उहाँले भन्नुभयो –‘निर्वाचन लोकतन्त्र अभ्यासको माध्यम भएकाले असन्तुष्टिका बीच पार्टी निर्वाचनमा सहभागी भएको हो ।’
स्थानीय निर्वाचनमा सहभागी हुँदैमा पहिचान, संघीयता र अधिकारको मुद्दा नछाडिएको दावी गर्दै चेम्जोङले भन्नुभयो –‘निर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गरिएको हो ।’
चुनावसँग जोडेर ससफोलाई कमजोर पार्ने दुष्प्रयास भएको भन्दै उहाँले  सुनियोजित षड्यन्त्रपूर्ण तवरले गरिएको प्रचारबाजी सफल नुहने जिकिर गर्नुभयो ।
स्थानीय तहको निर्वाचनमा सहभागी हुनुलाई नै विभेदकारी संविधान स्वीकार गरेको आरोप लगाइए पनि आफूहरु उत्पीडित जनाताका मुद्दामा स्पष्ट रहेको उहाँले दावी गर्नुभयो ।

पूर्वमा एमाले हराउने प्रयास

पूर्वी नेपालको पहाडी जिल्लाहरूका धेरैजसो गाउँपालिका, नगरपालिकाहरूमा संघीय समाजवादी फोरम, नेपाली काँग्रेस, माओवादी केन्द्र, नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल गरिएको उपाध्यक्ष चेम्जोङले दावी गर्नुभएको छ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी भोजपुरका सबैजसो पालिकाहरूमा र ताप्लेजुङ, पाँचथरमा केही पालिकाहरूमा गठबन्धन गरिएको उहाँले जानकारी दिनुभयो । बाँकी पालिकाहरूमा पनि गठबन्धनका लागि छलफल भइरहेको जनाइएको छ ।
निर्वाचनमा भाग लिइसकेपछि जित्नका लागि गठबन्धन गरिएको समेत चेम्जोङले जिकिर गर्नुभयो –‘एमाले इतरका दलहरूको गठबन्धनले पहिचान पक्षधर जनताहरू उत्साहित छन् ।’
देशको आर्थिक अवस्था दयनीय बनाउन ठूला भनिएका दलहरू नै बाधक भएको आरोप लगाउँदै उहाँले अबका दिनमा पहिचान पक्षधर शक्तिले मात्रै नेपालको विकास र समृद्धिलाई उचाईमा पुर्याउने बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...