संविधान पूर्ण स्वीकार्य छैन : उपाध्यक्ष चेम्जोङ - Naya Online

संविधान पूर्ण स्वीकार्य छैन : उपाध्यक्ष चेम्जोङ

धनकुटा, २० जेठ ।
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङले संविधानमा कायम रहेका विभेदकारी धाराहरु आफूहरुलाई मान्य नहुने जिकिर गर्नुभएको छ ।
स्थानीय तहको निर्वाचनका लागि गृह जिल्ला धनकुटामा रहनुभएका उपाध्यक्ष चेम्जोङले हाल निर्वाचनमा सहभागी हुनुको अर्थ संविधान पूर्ण रुपमा स्वीकारिएको हो भन्नु गलत हुने बताउनुभएको हो ।
चेम्जोङले भन्नुभयो –‘संविधानमा विभेदकारी धाराहरुमा हाम्रो विमति कायमै छ ।’ उहाँले भन्नुभयो –‘निर्वाचन लोकतन्त्र अभ्यासको माध्यम भएकाले असन्तुष्टिका बीच पार्टी निर्वाचनमा सहभागी भएको हो ।’
स्थानीय निर्वाचनमा सहभागी हुँदैमा पहिचान, संघीयता र अधिकारको मुद्दा नछाडिएको दावी गर्दै चेम्जोङले भन्नुभयो –‘निर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गरिएको हो ।’
चुनावसँग जोडेर ससफोलाई कमजोर पार्ने दुष्प्रयास भएको भन्दै उहाँले  सुनियोजित षड्यन्त्रपूर्ण तवरले गरिएको प्रचारबाजी सफल नुहने जिकिर गर्नुभयो ।
स्थानीय तहको निर्वाचनमा सहभागी हुनुलाई नै विभेदकारी संविधान स्वीकार गरेको आरोप लगाइए पनि आफूहरु उत्पीडित जनाताका मुद्दामा स्पष्ट रहेको उहाँले दावी गर्नुभयो ।

पूर्वमा एमाले हराउने प्रयास

पूर्वी नेपालको पहाडी जिल्लाहरूका धेरैजसो गाउँपालिका, नगरपालिकाहरूमा संघीय समाजवादी फोरम, नेपाली काँग्रेस, माओवादी केन्द्र, नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल गरिएको उपाध्यक्ष चेम्जोङले दावी गर्नुभएको छ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी भोजपुरका सबैजसो पालिकाहरूमा र ताप्लेजुङ, पाँचथरमा केही पालिकाहरूमा गठबन्धन गरिएको उहाँले जानकारी दिनुभयो । बाँकी पालिकाहरूमा पनि गठबन्धनका लागि छलफल भइरहेको जनाइएको छ ।
निर्वाचनमा भाग लिइसकेपछि जित्नका लागि गठबन्धन गरिएको समेत चेम्जोङले जिकिर गर्नुभयो –‘एमाले इतरका दलहरूको गठबन्धनले पहिचान पक्षधर जनताहरू उत्साहित छन् ।’
देशको आर्थिक अवस्था दयनीय बनाउन ठूला भनिएका दलहरू नै बाधक भएको आरोप लगाउँदै उहाँले अबका दिनमा पहिचान पक्षधर शक्तिले मात्रै नेपालको विकास र समृद्धिलाई उचाईमा पुर्याउने बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...