मोहोरिया गाउँको प्रवद्र्धन गर्दै आरोहण दिवस मनाइयो - Naya Online

मोहोरिया गाउँको प्रवद्र्धन गर्दै आरोहण दिवस मनाइयो

पोखरा, २० जेठ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)को सहयोगमा ६७ औँ आरोहण दिवस आज सम्पन्न भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको दाङसिङस्थित मोहोरिया गाउँमा (होमस्टे) घरबास कार्यक्रमको प्रवद्र्धन गर्दै दिवस मनाइएको हो ।
कार्यक्रममा टान पश्चिमाञ्च क्षेत्रीय सङ्घका अध्यक्ष अध्यक्ष दीपकराज अधिकारीले सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मोरिस हर्जोगले पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गरेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाउने गरिएको जानकारी दिनुभयो ।
प्रत्येक अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण हिमालको काखमा रहेको एक गाउँको प्रवद्र्धन गर्ने गरिएको बताउँदै उहाँले यस वर्ष अन्नपूर्ण गाउँपालिका दाङसिङस्थित मोहोरिया गाउँलाई रोजिएको बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित प्रमुख युवराज कुँवरले मोहोरिया गाउँ सम्भावनायुक्त स्थल भएर पनि बत्तीमुनिको अँध्यारो भएको बताउँदै यहाँ पदमार्गको विस्तार गर्दै घरबास पर्यटनको विकास गर्नसके स्थानीय रोजगार अभिवृद्धि गर्न सकिने बताउनुभयो ।
उक्त अवसरमा कार्यक्रम संयोजक श्यामकृष्ण थापा, टानका केन्द्रीय सचिव मुक्ति पाण्डे, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पर्यटन अधिकृत रश्मी आचार्य, टान पश्चिमाञ्चलका द्वितीय उपाध्यक्ष विश्वराज अधिकारीलगायतले ओझेलमा परेको मोहोरिया गाउँमा घरबास कार्यक्रमको विस्तार गर्नसके यसले थुप्रै स्वदेशी एवम् विदेशी पर्यटकलाई आकर्षित गर्न सकिनेमा जोड दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...