भरतपुर महानगर वडा नं– १९ मा पुनः मतदान - Naya Online

भरतपुर महानगर वडा नं– १९ मा पुनः मतदान

काठमाडौँ, २० जेठ ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्णय गरेको छ ।
आयोगको आज बसेको बैठकले सो वडाको सम्पूर्ण मत अवैध घोषित गरी पुनः मतदान गराउने निर्णय गरेको हो ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नयाँ निर्वाचनको मिति तोकेर मतदान गर्ने व्यवस्था गराउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
‘‘विभिन्न प्रतिवेदनको अध्ययन गर्दा मतगणनास्थल अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा यसबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं– १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषित गरी “पुनः मतदान गर्ने’’ आयोगको निर्णयमा उल्लेख छ ।
भरतपुर महानगरपालिका वडा नं –१९ मा ९० मत च्यातिएको फेला परेको थियो । आयोगको टोली र सहमहान्याधिवक्ता नेतृत्वको टोलीले दिएको प्रतिवेदनका आधारमा पुनः मतदान गराउने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।
यस्तै आयोगले ‘मतदान रद्द गरिएको मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने’ निर्णय गरेको छ ।

पुनः मतदानको निर्णय एमालेलाई अमान्य

नेकपा (एमाले) ले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने बताएको छ ।
एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बसेको एमाले स्थायी कमिटीको बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्दै प्रतिवाद गर्ने र यसका लागि कानुनीलगायत सबै प्रकारको उपचारमा जाने निर्णय गरेको हो ।
सो महानगरपालिकाको वडा नं– १९ को मतगणना जारी हुँदा केही मतपत्र च्यातिएको घटनाको छानबिनपछि आयोगले सो वडामा पुनः मतदानमा जाने निर्णय गरेको थियो । यही विषयमा पुनःमतगणना हुनुपर्ने माग राखी एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।
बैठकपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोगले मुलुकमा निर्वाचन गराउने दायित्वभन्दा सत्तारुढ दलको दबाब र प्रभावमा परेर यस्तो निर्णय गरिएको आरोप लगाउँदै यो प्रकरण यत्तिकै सकियो भन्ने नसोच्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “बरु सत्तारुढ दलका उम्मेदवारलाई सरक्क विजयी घोषणा गर्दा हुन्छ, निर्वाचन अपराधमा संलग्नलाई प्रोत्साहन हुने निर्णय लोकतान्त्रिक मूल्य र मान्यतासँग मेल खाँदैन ।”
अध्यक्ष ओलीले भोलिका लागि तय भएको नयाँ प्रधानमन्त्रीको निर्वाचनमा सदन अवरोध भएका कारण भाग लिने प्रश्नै नआउने बताउँदै सो सम्बन्धी निर्वाचन प्रक्रिया नै संसद्मा प्रस्तुत भइनसकेको उल्लेख गर्नुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...