अन्तर्राष्ट्रिय बाजा महोत्सवमा नेपाल सहभागी हुने - Naya Online

अन्तर्राष्ट्रिय बाजा महोत्सवमा नेपाल सहभागी हुने

काठमाडौँ, २० जेठ । दक्षिण कोरियाको गेङजु सहरमा यही जेठ २६ देखि २८ गतेसम्म हुने गेङजु वल्र्ड टे«डिसनल विन्ड इन्स्ट्रुमेन्ट फेस्टिभल २०१७ मा नेपालका तर्फबाट चारुमती बुद्धिस्ट मिसन नेपालले सहभागिता जनाउने भएको छ ।
गेङसाङबुक–डु प्रदेश र गेङजुको सहयोगमा हुने उक्त महोत्सवमा विश्वका ३० मुलुकका विभिन्न बाजा प्रदर्शनी हुने छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा चारुमती बुद्धिष्ट मिसन नेपालका संस्थापक अध्यक्ष भिक्षु तपस्सी धम्मले काठमाडौँ उपत्यकाका नेवार समुदायले प्राचीन समयदेखि बजाउँदै आएका विभिन्न बाजा अन्तर्राष्ट्रिय तहमा प्रचारका साथै प्रवद्र्धन गरी मुलुकको गौरव बढाउने उद्देश्यले सो कार्यक्रममा सहभागी हुन लागिएको जानकारी दिनुभयो ।

नेपालका तर्फबाट वरिष्ठ वाद्यवादक प्रा न्हुछेबहादुर डङ्गोल, वरिष्ठ वाद्यगुरु एवम् बाँसुरी वादक धर्म मुनिकार र सारङ्गी वादक सुजिना वज्राचार्य सो साङ्गीतिक महोत्सवमा भाग लिन यही जेठ २३ गते दक्षिण कोरिया जानु हुनेछ ।

बाजा प्रदर्शनीमा नेपालका पछिमा, कोंचाखिं, नगरा, पोंगा, कान्तां डबडब, सारङ्गी, मादल, नरसिङ्गा, कर्नाल, सहनाई, बाँसुरी, बय्, ताः बबूलगायत समावेश हुनेछ । विश्वका परम्परागत फुक्ने बाजाको महोत्सव हुने सो कार्यक्रममा नेपालको परम्परागत ऋतु धूनसमेत प्रस्तुत गरिने छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...