स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता - Naya Online

स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

काठमाडौँ, १९ जेठ ।

स्वास्थ्य मन्त्रालयले नेपालको भूगोल सुहाउँदो स्वास्थ्य उपकरण निर्माण गर्न लागेको महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यका लागि सम्झौता गरेको छ ।
नेपालको स्वास्थ्योपचारलाई गुणस्तरीय र प्रभावकारी बनाउन नेपालकै अवस्थानुसारको उपचार उपकरण बनाउँदा सस्तो र गुणस्तरीय हुनाका साथै नेपाली आविष्कारलाई समेत प्रेरण मिल्ने भएकाले स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र केन्द्रबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो सम्झौतानुसार मन्त्रालयले केन्द्रले आविष्कार गर्ने हरेक प्रविधिलाई आर्थिकलगायत प्रविधि र उपकरणको कार्यान्वयनका लागि सहयोग गर्नेछ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले स्वास्थ्यमा विज्ञानको महत्वपूर्ण स्थान भएकाले नेपालीलाई कस्तो खालको प्रविधि र उपकरण आवश्यकताबारे नेपाली नै बुझेकाले त्यसले स्वास्थ्य सेवामा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यबिना कुनै प्रविधि र उपकरणलाई कार्यान्वयनमा लैजान नसकिने भएकाले आपसी सहकार्यमा नयाँ उपकरण आविष्कार र सेवालाई चुस्त बनाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ हामीले तीनवटा विषयमा चार टिम बनाएर काम गरिरहेका छौँ । नेपाली इन्जिनियरहरुले औषधि बोक्ने ड्रोन, बच्चालाई इन्कोभेटर र प्यारालाइसिस भएको व्यक्तिका लागि सोचेर आफ्नो सहयोगीलाई आफ्ना आवश्यकता बताउन सक्ने एप बनाउन काम गरिरहेका छन् जसले यस्ता उपकरण र प्रविधि कसरी प्रयोग गर्ने, गाउँगाउँमा सेवा कसरी पु¥याउने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले मात्र काम गर्नसक्ने भएकाले सहकार्य आवश्यक थियो ।’’ ती प्रविधि र उपकरण आउन करिब एक वर्ष लाग्ने पुनको भनाइ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...