महासेनानी गुरुङको अन्त्येष्टि - Naya Online

महासेनानी गुरुङको अन्त्येष्टि

काठमाडौँ, १९ जेठ ।

बाजुराको कोल्टीमा यही जेठ १६ गते भएको विमान दुर्घटनामा परी निधन भएका महासेनानी कैलाश गुरुङको आज पशुपति आर्यघाटमा उच्च सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिका क्रममा रक्षामन्त्री बालकृष्ण खाँड र प्रधानसेनापति राजेन्द्र क्षत्रीले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । यसैगरी पूर्वप्रधान सेनापति, बहालवाला तथा अवकाशप्राप्त रथीवृन्द, अधिकृत, पदिक, स्वर्गीय गुरुङका परिवारजन र आफन्त तथा शुभेच्छुकले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
२०४६ साल वैशाख ११ गते अधिकृतका रुपमा सैनिक सेवामा प्रवेश गर्नुभएका महासेनानी स्व गुरुङले नेपाली सेनाको एक कुशल पाइलटका रुपमा सैनिक हवाई सेवा विस्तार र सैनिक उडानमा विशिष्ट योगदान पु¥याउनुभएको थियो ।
सैनिक अधिकृतका अलावा उहाँ गीतकार/गायक तथा समाजसेवी समेत हुनुहुन्थ्यो । बहुप्रतिभाका धनी स्वर्गीय गुरुङले जनप्रशासन र इतिहास विषयमा स्नातकोत्तर गर्नुभएको थियो । उहांका ‘रक्षकको गीत’ (गीतमाला) लेख सङ्ग्रह, कावेरी लेख सङ्ग्रह, अर्पण (गीति एल्बम), प्रकाशित छन् ।
भोजपूर जिल्लाको छिनामखु गाविस–४ मा २०२७ सालमा जन्मनुभएका महासेनानी स्वर्गीय गुरुङका एक श्रीमती र दुई छोरीहरु छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...