महासेनानी गुरुङको अन्त्येष्टि - Naya Online

महासेनानी गुरुङको अन्त्येष्टि

काठमाडौँ, १९ जेठ ।

बाजुराको कोल्टीमा यही जेठ १६ गते भएको विमान दुर्घटनामा परी निधन भएका महासेनानी कैलाश गुरुङको आज पशुपति आर्यघाटमा उच्च सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिका क्रममा रक्षामन्त्री बालकृष्ण खाँड र प्रधानसेनापति राजेन्द्र क्षत्रीले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । यसैगरी पूर्वप्रधान सेनापति, बहालवाला तथा अवकाशप्राप्त रथीवृन्द, अधिकृत, पदिक, स्वर्गीय गुरुङका परिवारजन र आफन्त तथा शुभेच्छुकले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
२०४६ साल वैशाख ११ गते अधिकृतका रुपमा सैनिक सेवामा प्रवेश गर्नुभएका महासेनानी स्व गुरुङले नेपाली सेनाको एक कुशल पाइलटका रुपमा सैनिक हवाई सेवा विस्तार र सैनिक उडानमा विशिष्ट योगदान पु¥याउनुभएको थियो ।
सैनिक अधिकृतका अलावा उहाँ गीतकार/गायक तथा समाजसेवी समेत हुनुहुन्थ्यो । बहुप्रतिभाका धनी स्वर्गीय गुरुङले जनप्रशासन र इतिहास विषयमा स्नातकोत्तर गर्नुभएको थियो । उहांका ‘रक्षकको गीत’ (गीतमाला) लेख सङ्ग्रह, कावेरी लेख सङ्ग्रह, अर्पण (गीति एल्बम), प्रकाशित छन् ।
भोजपूर जिल्लाको छिनामखु गाविस–४ मा २०२७ सालमा जन्मनुभएका महासेनानी स्वर्गीय गुरुङका एक श्रीमती र दुई छोरीहरु छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...