माला लाउँदैमा ठूलो मान्छे होइन्न–ओली - Naya Online

माला लाउँदैमा ठूलो मान्छे होइन्न–ओली

भक्तपुर, १९ जेठ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आपराधिक मानसिकताका कारण भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यातिएको आरोप लगाउनुभएको छ ।
सूर्यविनायकमा नारायणविलास जोशी स्मृति प्रतिष्ठान सार्वजनिकीकरण एवम् नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन समारोहमा उहाँले भन्नुभयो, “भरतपुरको मतगणनामा उम्मेदवारको कारणले गाह्रो पा¥यो, एमालेले अन्त पनि जितेको छ, तर भरतपुरमै चाहिँ किन च्यातियो, अन्त किन च्यातिएन ? समस्याको जड जनताले थाहा पाइसकेका छन् ।” भरतपुरमा मतगणना हुनैपर्ने अडान दोहो¥याउँदै नेता ओलीले भन्नुभयो, “अपराध कर्मबाट चुनाव जित्ने होइन, जनताको मन जितेर चुनाव जित्ने प्रयास गर्नुस्, अपराध कर्मबाट जिताए मान्दैनौँ, भरतपुरमा मतगणना हुनै पर्छ ।” उहाँले मतगणना सुरु नगरिएसम्म संसद अवरुद्ध पार्ने चेतावनी दिनुभयो ।
संसद् प्रधानमन्त्री चुन्ने मात्रै नभई सबै समस्याको समाधान खोज्ने थलो पनि भएको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “भरतपुर घटना संसद्को विषय होइन भनिने सुनिँदैछ, त्यसो भए के संसद्को काम प्रधानमन्त्री छान्ने मात्रै हो ? चुनावमा धाँधली भएको विषय संसद्को विषय होइन ? त्यसो भए अब हुने जुनसुकै निर्वाचनमा पनि जसले हार्न लाग्यो, त्यसैगरी मतपत्र च्यातिदिए भैगयो नि ।” भरतपुरमा फेरि मतदान भए गलत नजिर बस्ने र आगामी निर्वाचनमा हार्ने पक्षले पटक पटक मतपत्र च्यात्ने र निर्वाचन गराइरहनुपर्ने अवस्था आउने उहाँको भनाइ थियो ।
उहाँले एमालेका तर्फबाट नवनिर्वाचित जनताका पक्षमा गम्भीर भएर काम गर्न निर्देशन दिनुभयो । “हाम्रा अगाडि अहिले चारैतिरबाट वाणहरु खनिएका छन्, तपाईँहरुले नराम्रो नगरे पनि विरोधीहरुले कसरी कमजोर पार्ने भनेर दाउ खोजिरहेका हुन्छन्”, ओलीले जनप्रतिनिधिलाई निर्देशन दिँदै भन्नुभयो, “जुनसुकै काम गर्दा पनि मैले गरेको काम ठिक छ कि छैन, यो समयमा यो काम गर्न हुने हो कि नहुने हो, भन्ने सोचेर मात्रै काम गर्नुस् ।”
माला लाउँदैमा आफूलाई ठूलो मान्छे भए भनेर नसोच्न आग्रह गर्दै उहाँले भन्नुभयो, “तपाईँलाई माला लाइदिएर ठूलो मान्छे बनाएको होइन, तपार्इँहरु भोट दिने प्रत्येक नागरिकको प्रतिनिधि हो, ती प्रतिनिधिको काम गर्नुस्, जनतालाई कसरी साथ लिएर जान सकिन्छ, कसरी उनीहरुको मन जितेर जान सकिन्छ भनेर अगाडि बढ्नु्स् ।”
त्यस अवसरमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा स्मृति प्रतिष्ठानको सार्वजनिकीकरण गरिएको थियो । कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथला, चाँगुनारायण नगर प्रमुख सोम मिश्र, प्रतिष्ठानका अध्यक्ष राजेन्द्रमान श्रेष्ठ, उपाध्यक्ष शशिजङ्ग थापा, सचिव महेन्द्रगोपाल कर्माचार्य, सदस्य कल्पना लुइँटेललगायतले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको हितमा काम गर्न सुझाव दिनुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...