काठमाडौँ, १९ जेठ ।
कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ ।
कर निर्धारणका विषयमा छलफल गर्न आयोगले आज महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएको थियो ।
आयोगका एक अधिकारीले महानिर्देशक शर्मा पक्राउ गरेको पुष्टि गर्नुभयो । ती अधिकारीले रासससँग कुरा गर्दै भन्नुभयो, “शर्मालाई आयोगले हिरासतमा राखेको छ । थप अनुसन्धानपछि मात्रै सबै विवरण सार्वजनिक गर्छौ ।”
कर फछ्र्यौट आयोगमार्फत विभिन्न व्यापारीलाई कर छुट दिएको भन्दै आयोगमा दर्जनौ उजुरी परेको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।