कामनपा विश्वकै उत्कृष्ट नपा-खनाल - Naya Online

कामनपा विश्वकै उत्कृष्ट नपा-खनाल

काठमाडौँ, १९ जेठ ।

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले काठमाडौँ महानगरपालिकालाई विश्वको उत्कृष्ट महानगरपालिका बनाउनका लागि सक्रिय रुपमा लाग्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।
स्थानीय तह कर्मचारी सङ्घ नेपाल एकाइ, नेपाल सफाइ कर्मचारी युनियन, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ कामपाले यहाँ आज आयोजना गरेको जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा नेता खनालले फरक फरक पार्टीबाट जनप्रतिनिधि चुनिए पनि महानगरको हक र हितको काम गर्दा कुनै किसिमको पार्टीगत सम्झौता गर्न नहुनेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री खनालले पाँचवर्षीय कार्यकालमा महानगरलाई कस्तो बनाउने योजनाका साथ काम सुरु गर्न सुझाव दिनुभयो ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरमा एकल युनियन आवश्यक रहेको औँल्याउँदै आवश्यकता रहेका स्थानमा वडा कार्यालयको व्यवस्था गर्नका लागि कर्मचारीलाई निर्देशन दिनुभयो । कामपा उपप्रमुख हरिप्रभा खड्गीले सडक फराकिलो बनाउँदैमा ट्राफिक जामको समस्या समाधान नहुने हुनाले अन्य विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...