शिक्षा नियमावली–२०७३ पारित - Naya Online

शिक्षा नियमावली–२०७३ पारित

काठमाडौँ, १९ जेठ ।

सरकारले शिक्षा ऐन, २०७२ को कार्यान्वयनका लागि आज शिक्षा नियमावली–२०७३ पारित गरेको छ ।
मन्त्रिपरिषद्को विधेयक समितिको आजको बैठकले पारित गरेको सो नियमावलीमा माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न गठित राष्ट्रिय परीक्षा बोर्डको काम, कर्तव्य अधिकार तथा परीक्षाको परिचालन र नियन्त्रणसम्बन्धी व्यवस्था गरिएको छ । बोर्डका अध्यक्ष तथा सदस्य सचिवको काम, कर्तव्य र अधिकार तथा बोर्डका अध्यक्षको पारिश्रमिक सेवा, सर्त तथा सुविधाको व्यवस्था गरिएको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिनुभयो । मन्त्रिपरिषद् नियमावलीबारे निर्णय गर्न सो समितिलाई जिम्मा दिइएको थियो ।
ऐन संशोधन भएको १० महिनापछि नियमावली आएको हो । गत वर्ष असार १५ देखि संशोधित ऐन कार्यान्वयनमा आएको थियो तर नियमावली नहुँदा कार्यान्वयनमा सुस्तता आएको थियो । नियमावलीमा शिक्षासम्बन्धी नीति निर्धारण गर्ने सम्बन्धमा सरकारलाई सल्लाह तथा सुझाव दिने काम समेतका लागि शिक्षामन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय शिक्षा परिषद्को अन्य काम कर्तव्य र अधिकारको व्यवस्था छ ।
यस्तै शैक्षिक गुणस्तर परीक्षण केन्द्रको व्यवस्था, जिल्लाभित्रका सामुदायिक विद्यालयअन्तर्गतका कक्षा ५ सम्मका आधारभूत विद्यालयमा दुर्गम जिल्लाका हकमा भौगोलिक विकटताका आधारमा र अन्य जिल्लाका हकमा विद्यार्थी सङ्ख्याका आधारमा न्यूनतम कक्षागत दरबन्दी कायम गरेर र आधारभूत विद्यालयको कक्षा ६ देखि ८ सम्म तथा माध्यमिक विद्यालयलाई विषयगत आधारमा सरकारद्वारा उपलब्ध दरबन्दी वितरण र मिलान गर्ने व्यवस्था गरिएको छ । गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने विद्यालयको व्यवस्थापन, रेखदेख र समन्वय गर्ने कामका लागि गठित गाउँ शिक्षा वा नगर शिक्षा समितिको काम, कर्तव्य र अधिकारबारे पनि नियमावलीमा उल्लेख छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...