एमालेका २० नेतालाई कारबाही सिफारिस - Naya Online

एमालेका २० नेतालाई कारबाही सिफारिस

सल्यान, १८ जेठ ।

नेकपा(एमाले) सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ ।
एमाले सल्यानले पूर्व जिविस सभापति तथा एमाले प्रदेश नं ६ का प्रदेश सदस्य उदयबहादुर बोहरा, शान्ता हमाल, सहरी विकास विभाग सदस्य इन्द्रकुमार शर्मा र विज्ञान प्रविधि विभाग सदस्य यौवनप्रकाश श्रेष्ठलाई साधारण सदस्यता नरहने गरी कारबाहीका लागि पार्टी केन्द्रीय कार्यालय र अनुशासन विभागमा सिफारिस गरिएको पत्रकार सम्मेलनमा जनाएको छ ।
यस्तै लेखा समितिका संयोजक सन्तोष राई तथा जगत न्यौपाने, सुशीला गिरी, ज्ञानप्रकाश शर्मा, काले सार्की, मोहनलाल कुँवर र जीवनसिंह ठकुरीलाई भने साधारण सदस्यता नरहने गरी कारबाही गरिएको एमाले जिल्ला अध्यक्ष गोविन्दबहादुर पुनले जानकारी दिनुभयो ।
यसैगरी जिल्ला कमिटी सदस्य गिर्दल बोहरा, टीकाराम बोहरा, दामोदर शर्मा, रिमबहादुर बुढाथोकी, धनबहादुर पुन र गणेश बिसी तथा पूर्व जिल्ला कमिटी सदस्य भीमसेन नेपाली र भोलाप्रकाश केसीलाई निर्वाचनमा पार्टीमा सहयोग नगरेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

चुनाव जितेकालाई पनि स्पष्टीकरण

एमाले सल्यानले स्थानीय तहको निर्वाचनमा निर्वाचित वडााध्यक्षलाई समेत स्पष्टीकरण सोध्ने भएको छ ।
शारदा नगरपालिका–३ बाट वडाध्यक्षमा निर्वाचित टोपबहादुर थापालाई पनि स्पष्टीकरण सोधिने पार्टी अध्यक्ष पुनले बताउनुभयो । पार्टी नीति र विधि विपरीत गएर आफूले मात्र जित्न भूमिका खेलेको भन्दै स्पष्टीकरण सोधिने भएको हो । वडा नं ३ मा वडाध्यक्षमा एमालेले तथा बाँकी सदस्यमा राप्रपा र नेपाली काँग्रेसले जितेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...