मतपत्र च्यातिएका विषयलाई लिएर संसद् अवरुद्ध गर्नु गलत– मन्त्री नायक - Naya Online

मतपत्र च्यातिएका विषयलाई लिएर संसद् अवरुद्ध गर्नु गलत– मन्त्री नायक

काठमाडौँ, १८ जेठ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएका विषयलाई लिएर नेकपा(एमाले)ले संसद् अवरुद्ध गर्नु गलत भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएका विषयलाई लिएर एमालेले संसद् अवरुद्ध गर्न नहुने विचार व्यक्त गर्नुभयो ।
मन्त्री नायकले भन्नुभयो, “भरतपुर महानगरपालिकाको विषयलाई एमालेले रेणु दाहाललाई परास्त गर्नसके माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै परास्त गरिएको भन्ने भ्रम फैलाउन यस्तो गरिरहेको छ, प्रचण्डको राजनीति धमिलो हुन्छ भन्ने एमालेका साथीहरुले सोचेर नै भरतपुरमा उत्तेजित वातावरण बनाउनुभएको हो ।”
उहाँले प्रधानमन्त्री दाहालका लागि आफू हार्नु वा पार्टीका नेता हार्नुले त्यति महत्व नराख्ने उल्लेख गर्दै एमालेको अवरोधका कारण अवरुद्ध भए पनि बहुमतीय प्रक्रियामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

फेदापको ऐतिहासिकता र स्थानीय खाम्बोङबा लुङबोङबासाहरू

राजेन्द्र सुक्वाबा फेदापको अर्थ र फेदाप राज्यको उत्पत्ति नेपालको अरुण नदी पूर्वको भूगोललाई लिम्बूवान...

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा रोक्न साहित्यिक संस्था सक्रिय

काठमाडौँ, २३ मंसिर । नेपाल प्रज्ञा–प्रतिष्ठानले यही मंसिर २५ गते आयोजना गर्न लागेको ३८...

गजल: बिमल खेवाछाली सुलभ

अति उत्तम बिचार तिम्रो, मान्छे मन परिसक्यो, कस्तो सुन्दर संस्कार तिम्रो, मान्छे मन परिसक्यो...

फेरि भेटौला कार्यक्रममा गाउपालिकाका दुई कर्मचारीको बिदाई

-पदम सुखी सम्बाहाम्फे कुम्मायक, ११ फागुन । कुम्मायक गाउपालिकाको कार्यलय प्रमुख प्रशासकीय अधिकृत गणेश...

ज्योति माविमा ‘राष्ट्रिय चित्रकला कार्यशाला’ हुने

मकवानपुर, ३ पुस । हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माध्यामिक विद्यालयको ५५ औं...

नोगेन लिम्बुको लिम्बु भाषाको जागृतिमुलक गीत सार्वजनिक

काठमाडौ, १८ मङ्सिरलिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार ...

शुभद्रा मदन फाउण्डेशनको निम्तोमा प्रदेश १ प्रमुख खोटाङमा

खोटाङ, ९ मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङको खोटाङ यात्राको...

यात्रा संस्मरण: माइली !

यात्रा, यात्रा भन्ने वित्तिकै कति मन तरङ्गित अनि रोमान्चित हुन्छ है ? कहिले विशेष...

प्रमिश तुम्खेवाको पहलमा मलेसियामा कोरोनाले मृत्यु हुनेको परिवारलाई आर्थिक सहयोग

काठमाडौ, ११ असोज । व्यावसायी प्रमिश सुब्बा तुम्खेवाको पहलमा मलेसियामा कोरोनाका कारण मृत्यु भएको...

राष्ट्रकवि घिमिरेको १०३ औँ जन्मजयन्तीमा व्यक्तित्व चर्चा र रचनावाचन

२०७८ असोज ७ गते, काठमाडौँ । यो मट्टीमा अकुशल कलाकारको मूर्ति रुन्छ हाँसी हिँड्छन्...