विराटनगर र वीरगन्ज स्पष्ट हुन बाँकी - Naya Online

विराटनगर र वीरगन्ज स्पष्ट हुन बाँकी

काठमाडौँ, १८ जेठ ।

आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मका ९० लाख ९७ हजार ५५७ मतदातालाई आफ्ना जनप्रतिनिधि चयनका गर्ने मताधिकार रहेको छ ।
मुलुकका १, २, ५ र ७ नं प्रदेशका ४३ जिल्लाका १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिका गरी ४६१ स्थानीय तहको निर्वाचनका लागि छ हजार ७१८ मतदान केन्द्र र ११ हजार ९३१ कायम रहेको छ ।
यसैबीच सरकारले विराटनगर र वीरगन्जलाई महानगरपालिका घोषणा गरे पनि निर्वाचन आयोगले भने कसरी निर्वाचन गराउँछ, स्पष्ट हुन बाँकी छ । निर्वाचनका लागि निर्वाचन आयोगले आगामी असार २ गते उम्मेदवारी दर्ता र उम्मेदवार दर्ता भएको सूची प्रकाशन तथा असार ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने र मनोनयन जाँच गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
दोस्रो चरणको निर्वाचनका लागि सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार ८७० छन् । सबैभन्दा कम मतदाता तेह्रथुममा ६० हजार ७०४ छ ।
दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी मोरङ, सप्तरी, सिरहा, धनुषा, सर्लाहीमा १७ – १७ स्थानीय तह तथा सबैभन्दा थोरै तेह्रथुम र अर्घाखाँचीमा छ–छ स्थानीय तह छन् ।
आयोगले असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधवार बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
उक्त निर्वाचनमा सबैभन्दा बढी मोरङमा ६६९, झापामा ६३७, रुपन्देहीमा ५४३, धनुषामा ५३५ सर्लाहीमा ५०१ र कैलालीमा ४९० मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन आयोगका अनुसार तेह्रथुममा सवैभन्दा थोरै ८० मतदान केन्द्र रहेको छ ।
मतदाताको हिसाबले १ नं प्रदेशका १३७ स्थानीय तहमा सबैभन्दा बढी २६ लाख ७४ हजार ५६३ तथा सबैभन्दा थोरै ७ नं प्रदेशका ८८ स्थानीय तहमा १३ लाख ३ हजार ७१४ मतदाता रहेको जानकारी आयोगले दिएको छ ।
त्यसैगरी २ नं प्रदेशका १२७ स्थानीय तहमा २६ लाख ६४ हजार ७९२ तथा प्रदेश नं ५ का १०९ स्थानीय तहमा २४ लाख ५४ हजार ४८८ मतदाताले दोस्रो चरणको निर्वाचनमा मतदान गर्दैछन् । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...