विराटनगर र वीरगन्ज स्पष्ट हुन बाँकी - Naya Online

विराटनगर र वीरगन्ज स्पष्ट हुन बाँकी

काठमाडौँ, १८ जेठ ।

आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मका ९० लाख ९७ हजार ५५७ मतदातालाई आफ्ना जनप्रतिनिधि चयनका गर्ने मताधिकार रहेको छ ।
मुलुकका १, २, ५ र ७ नं प्रदेशका ४३ जिल्लाका १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिका गरी ४६१ स्थानीय तहको निर्वाचनका लागि छ हजार ७१८ मतदान केन्द्र र ११ हजार ९३१ कायम रहेको छ ।
यसैबीच सरकारले विराटनगर र वीरगन्जलाई महानगरपालिका घोषणा गरे पनि निर्वाचन आयोगले भने कसरी निर्वाचन गराउँछ, स्पष्ट हुन बाँकी छ । निर्वाचनका लागि निर्वाचन आयोगले आगामी असार २ गते उम्मेदवारी दर्ता र उम्मेदवार दर्ता भएको सूची प्रकाशन तथा असार ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने र मनोनयन जाँच गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
दोस्रो चरणको निर्वाचनका लागि सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार ८७० छन् । सबैभन्दा कम मतदाता तेह्रथुममा ६० हजार ७०४ छ ।
दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी मोरङ, सप्तरी, सिरहा, धनुषा, सर्लाहीमा १७ – १७ स्थानीय तह तथा सबैभन्दा थोरै तेह्रथुम र अर्घाखाँचीमा छ–छ स्थानीय तह छन् ।
आयोगले असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधवार बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
उक्त निर्वाचनमा सबैभन्दा बढी मोरङमा ६६९, झापामा ६३७, रुपन्देहीमा ५४३, धनुषामा ५३५ सर्लाहीमा ५०१ र कैलालीमा ४९० मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन आयोगका अनुसार तेह्रथुममा सवैभन्दा थोरै ८० मतदान केन्द्र रहेको छ ।
मतदाताको हिसाबले १ नं प्रदेशका १३७ स्थानीय तहमा सबैभन्दा बढी २६ लाख ७४ हजार ५६३ तथा सबैभन्दा थोरै ७ नं प्रदेशका ८८ स्थानीय तहमा १३ लाख ३ हजार ७१४ मतदाता रहेको जानकारी आयोगले दिएको छ ।
त्यसैगरी २ नं प्रदेशका १२७ स्थानीय तहमा २६ लाख ६४ हजार ७९२ तथा प्रदेश नं ५ का १०९ स्थानीय तहमा २४ लाख ५४ हजार ४८८ मतदाताले दोस्रो चरणको निर्वाचनमा मतदान गर्दैछन् । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...