प्रधानमन्त्री निर्वाचनका लागि शुक्रबारदेखि प्रक्रिया थालिने - Naya Online

प्रधानमन्त्री निर्वाचनका लागि शुक्रबारदेखि प्रक्रिया थालिने

काठमाडौँ, १८ जेठ ।

व्यवस्थापिका–संसद् बैठकको अवरोध कायमै रहेकाले संसद् सचिवालयले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरी प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
संविधानको प्रावधानानुसार सहमतीय आधारमा प्रधानमन्त्रीको चयन प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीको निर्वाचन बहुमतीय प्रक्रियाबाट अघि बढाउनेसम्बन्धी राष्ट्रपतिको पत्र संसद् सचिवालयमा आज प्राप्त भए पनि संसद् बैठक अवरुद्ध भएकाले विगतको अभ्यासानुसार उक्त पत्र संसद्मा जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने कार्य पूरा हुन सकेन ।
यद्यपि संसद् बैठकमा जानकारी नगराई प्रधानमन्त्री निर्वाचनको सूचना सार्वजनिक गर्न सचिवालयलाई कुनै कानुनी बाधा नभएको सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो । सोही वियषमा छलफल गर्न शुक्रबार बिहान १० बजे सभामुख ओनसरी घर्तीले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । बैठकमा छलफल गरी सहमतिमा प्रधानमन्त्रीको निर्वाचन तालिका सार्वजनिक गरिने सचिवालयको तयारी रहेको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको नेकपा(एमाले)ले आज दोस्रो दिन पनि सदन अवरोध गरेको छ । संसद्को अर्काे बैठक यही जेठ २१ गते बिहान ११ बजेका लागि तोकिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १० गते पदबाट राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले जेठ ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आह्वान गर्नुभएको थियो । सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली काँग्रेससँगको समझदारीअनुसार प्रधानमन्त्री दाहालले राजिनामा दिनुभएको हो ।
सो समयावधिभित्र सहमतीय प्रक्रियाबाट प्रधानमन्त्रीको निर्वाचन हुन नसकेपछि आज राष्ट्रपति भण्डारीले बहुमतीय प्रक्रिया सुरु गर्न आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिनुभयो । प्रवक्ता गौतमले भन्नुभयो, “वर्तमान सरकार कामचलाउ भइसकेको र सहमतिको सरकार बन्ने अवस्था पनि नभएकाले एउटै मात्र विकल्प भनेको बहुमतीय प्रक्रिया नै हो ।”
कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेपछि सचिवालयले तीन दिनमा निर्वाचन प्रक्रिया सम्पन्न हुने गरी प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको...

समयले डोरिएको छत्रबहादुर दम्पतीको जीवन

देवेन्द्र सुर्केली भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५...

काठमाडौँबाट धनकुटा आएको हायस मुलघाटमा दुर्घट्ना

धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट...

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...