स्थानीय तह सेवा सञ्चालन तथा व्यवस्थापन आदेश जारी - Naya Online

स्थानीय तह सेवा सञ्चालन तथा व्यवस्थापन आदेश जारी

काठमाडौँ, १७ जेठ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको छ ।
मन्त्रालयले तयार पारेको आदेशलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । स्थानीय तहमा निर्वाचित पदाधिकारीका बीचमा कार्य विभाजन र सम्पादनमा कुनै समस्या नआओस् भनी आदेश जारी गरिएको मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले राससलाई जानकारी दिनुभयो ।
“संविधानले स्थानीय तहलाई दिएका काम, कर्तव्य र अधिकार कार्यान्वयन गर्ने क्रममा थप स्पष्ट पार्न यो आदेश जारी गरिएको हो, यसमा गाउँपालिका र नगरपालिकाका प्रमुख एवम् उपप्रमुखका लागि दिइएको अधिकारका विषयमा थप स्पष्ट पारिएको छ”– उहाँले भन्नुभयो ।
आदेशबमोजिम नगरपालिका अथवा गाउँपालिकाका कार्यपालिका एवम् सभाको बैठक बोलाउने र अध्यक्षता गर्ने तथा समापन गर्ने, बैठकमा कार्यसूची र प्रस्ताव पेस गर्ने अधिकार प्रमुख÷अध्यक्षलाई तोकिएको छ । प्रमुख/अध्यक्षलाई आवधिक वा वार्षिक बजेट तयार पारी सभामा पेस गर्ने जिम्मेवारी पनि दिइएको छ ।
प्रमुख/अध्यक्षले उपप्रमुख/उपाध्यक्ष एवम् कार्यपालिका सदस्यलाई कार्यविभाजन नियमावलीअनुसार काम बाँडफाँड गर्ने अधिकार दिएको छ ।

स्थानीय तहका भवनको ढाँचा स्वीकृत

यसैगरी, मन्त्रालयले भवन निर्माण ढाँचा स्वीकृत गरी ७४४ स्थानीय तहलाई आज उपलब्ध गराएको छ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले मङ्गलबार मन्त्रिस्तरीय निर्णय गरी भवन निर्माण ढाँचा स्वीकृत गर्नुभएको सचिव थपलियाले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) ले ढाँचा तयार पारी मन्त्रालयमा पेस गरेको हो । गाउँपालिका एवम् नगरपालिकाका कार्यालय निर्माणका लागि चार र वडा कार्यालयका लागि छ प्रकारको नमुना स्वीकृत भएको छ ।
ढाँचाबमोजिम जमिनलगायत अन्य आधारलाई पनि दृष्टिगत गरी स्थानीय तहले भवन निर्माण गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । ढाँचाको कार्यान्वयनका लागि स्थानीय तहले चालु आर्थिक वर्षमा विनियोजित बजेट उपयोग गर्न सक्नेछन् । यसका लागि आगामी आवको बजेट पनि स्थानीय तहले छुट्याउन सक्नेछन् । अन्य स्रोतको खोजीका लागि पनि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।
भवनको ढाँचा तोक्दा एकरुपता आउने, परिवर्तित कार्य जिम्मेवारी सम्पादन गर्न सहज र सेवा प्रवाहमा सरल हुने मन्त्रालयको विश्वास छ । रासस

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...