एमालेको रवैयाविरुद्ध एमालेकै पूर्व गाविस अध्यक्षहरु उभिए - Naya Online

एमालेको रवैयाविरुद्ध एमालेकै पूर्व गाविस अध्यक्षहरु उभिए

दमक, १७ जेठ ।
झापाको कमल गाउँपालिकाका दुई जना पूर्व गाविस अध्यक्षहरुले आफ्नै पार्टी नेकपा एमालेले गरेको उम्मेद्वारी घोषणाको विरुद्धमा विज्ञप्ति जारी गरेर चुनौती दिएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट भीम राईलाई गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनाउन माग गर्दै उनीहरुले पार्टीलाई यसअघि भएका गलत निर्णय सच्याउन चेतावनी दिएका हुन् । साविक लखनपुर गाविसका पूर्व गाविस अध्यक्ष भोजकुमार घिमीरे र तोपगाछी गाविसका पूर्व गाविस अध्यक्ष पदम पौडेलले मंगलबार संयुक्त विज्ञप्ति जारी गरि राईलाई अध्यक्षका उम्मेदवार बनाउन माग गरेका छन् । घिमिरे र पौडेल दुवैले ५४ को स्थानीय निर्वाचनमा एमालेका तर्फबाट उम्मेद्वार हुँदै उल्लेखनीय मत पाएर गाविस अध्यक्ष निर्वाचित भएका थिए ।
यसअघि पार्टीले कमल गाउँपालिकाको अध्यक्ष पदमा अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव मेनुका काफ्लेलाई उम्मेद्वार घोषणा गरेर पुनः नाम फिर्ता लिएपछि दुवै पूर्व गाविस अध्यक्षहरुले पार्टीको रवैयाविरुद्ध विज्ञप्ति जारी गरेर असमति प्रकट गरेका हुन् ।
काफ्लेको नाम फिर्ता गरेर पार्टीले गलत गरेको भन्दै घिमिरे र पौडेलले अब रिक्त अध्यक्ष पदमा राईलाई उम्मेद्वार वनाउन पार्टी नेतृत्वसँग विज्ञप्तिमार्फत चेतावनी दिएका हुन् । उनीहरुले काफ्लेलाई महिला भएकै कारण पूर्वाग्रही ढंगले उम्मेद्वार हुनबाट बञ्चित गराएको भन्दै पार्टीको चर्को आलोचना गरेका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...