धन कमाउन गएका ३१८ जना विदेशी जेलमा सड्दै - Naya Online

धन कमाउन गएका ३१८ जना विदेशी जेलमा सड्दै

काठमाडौँ, १७ जेठ ।

भारतबाहेक विभिन्न देशमा कम्तीमा ३१८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो सङ्ख्यामा नेपाली नागरिक मृत्युुदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो ।
जेलमा रहेका नेपालीलाई हत्या, लागुुऔषध प्रयोग तथा कारोबार, मानव तस्करी, चोरी, ठगी, बलात्कार, मादक पदार्थ उत्पादन, प्रयोग तथा बिक्रीजस्ता आरोप लागेको भेटिएको छ ।
नेपाली दूतावास रहेका र नरहे पनि प्रमाणीकरण हुुने विश्वका विभिन्न ३२ वटा राष्ट्रमा उल्लिखित सङ्ख्यामा नेपाली नागरिक जेलमा भेटिएको प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाका सदस्य सुशील ढुङ्गानाले जानकारी दिनुभयो ।
जेलमा रहेका नागरिकमध्ये १७ जनालाई मृत्युुदण्ड र ४३ जनालाई जन्मकैदको सजाय सुुनाइएको छ भने २३९ जनालाई कम्तीमा एक महिनादेखि ५० वर्षसम्मको जेल सजाय तोकिएको छ ।
यस्तै, थप १४ जनालाई मृत्युुदण्ड र तीन जनालाई जन्मकैद हुुन सक्नेगरी ती देशमा मुुद्दा चलाइएको छ । मलेसियामा विभिन्न घर फिर्ती केन्द्रमा सामान्य अभियोगमा थुुनामा रहेका नागरिकको सङ्ख्या मात्रै करिब ५०० को हाराहारीमा रहेको छ । सामान्य अभियोगमा मध्यपूर्वका अन्य देशमा समेत नेपाली नागरिक थुुनामा रहने गरेका छन् ।
सबैभन्दा बढी बन्दी साउदी अरेबिया, कुुबेत र कतारमा रहेका छन् । मलेसियालगायत मध्यपूर्वका खाडी राष्ट्र र दक्षिण कोरिया, चीन, थाइल्यान्ड, पाकिस्तान, श्रीलङ्का, कम्बोडिया, सिङ्गापुुरजस्ता देशमा नेपाली जेलमा रहेका छन् ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल‘प्रचण्ड’ले वैदेशिक रोजगार र विदेशमा रहेका नेपाली नागरिकको अवस्था बुझ्न दिएको निर्देशनपछि प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाले सो तथ्याङ्क तयार पारेको हो ।
भारतमा समेत ठूलो सङ्ख्यामा नेपाली जेलमा रहेको बताइए पनि उनीहरुको तथ्याङ्क नआइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...