पश्चिमाञ्चलमा भूपू सैनिक सम्मिलित - Naya Online

पश्चिमाञ्चलमा भूपू सैनिक सम्मिलित

काठमाडौँ, १७ जेठ ।

यही जेठ १४ गतेदेखि बुटवलस्थित रामनगर व्यारेकमा सुरु भएको भूतपूर्व सैनिक सम्मेलन (पश्चिमाञ्चल–बुटवल)–२०७४ को आज समापन गरिएको छ ।
नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सम्मेलनमा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका छवटा जिल्ला (पाल्पा, नवलपरासी, अर्घाखाँची, गुल्मी, रुपन्देही र कपिलवस्तु) का करिब दुई हजार पाँचसय जना भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको उपस्थिति रहेको थियो ।
सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेस्टमेन्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेत्कृष्ट व्यवसायीलाई पं्रशसापत्र एवम् पुरस्कार वितरण भएको थियो भने अशक्त भूतपूर्व सैनिक र उहाँहरुका अशक्त परिवारलाई ह्विलचियर वितरण तथा पश्चिमाञ्चल विकास क्षेत्रको ज्येष्ठ भूतपूर्व सैनिक एवम् निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवारमध्ये ज्येष्ठ महिलालाई अभिनन्दनसमेत गरिएको थियो ।

प्रधान सेनापति राजेन्द्र क्षत्रीले सम्मेलनको समापन गर्दै

बाजुरामा भएको विमान दुर्घटनामा परी दिवङ्गत हुनुभएका पाईलट महासेनानी स्व.कैलाश गुरुङको मृत आत्माको चिरशान्तिको कामना गर्नुको साथै घाईतेको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।
सम्मेलनका क्रममा पश्चिम पृतना हे.क्वाअन्तर्गतका युनिटले स्थान विशेषको झाँकी, खुकुरी ड्रिल तथा पिटी प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो ।
सोही क्रममा प्रधान सेनापति क्षत्रीले बुटवलमा नवनिर्मित रिपुमर्दनी पेट्रोल पम्पकोसमेत उद्घाटन गर्नुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...