राईलाई दुताबासद्वारा सम्मान - Naya Online

राईलाई दुताबासद्वारा सम्मान

क्वालालम्पुर । नेपाली प्रवासी सितोरियो कराते संघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता कर्ण बहादुर राईलाई २९ मे आइतबारको दिन सम्मान गरिएको छ ।

राईलाई राजदुत डा. निरान्जन मान सिंह बस्न्यातबाट दोसल्ला ओढाइ सम्मान गरिएको हो । मलेसियामा श्रमिक काम गरेर पनि कर्ण बहादुर राईले देशलाई तीन पटकसम्म अन्तर्राष्ट्रिय करातेबाट स्वर्ण पदक जितेर देशको नाम नै उच्च राखेको भन्दै राजदुतले राईलाई हार्दिक बधाई दिनुभएको थियो साथै नेपाली प्रवासी सितोरियो कराते संघले मलेसियामा उदाहरणीय काम गरेको भन्दै संघका अध्यक्ष योगेन्द्र कोइरालालाई पनि धन्यवाद दिनुभएको थियो।

राई तीन वर्ष कार्यकाल सकेर नेपाल फर्कने कुरा आफ्नो कम्पनीलाई जानकारी दिदाखेरी कम्पनीले नै राईलगाएत चार जना साथिहरुलाइ पनि करिब डेढ महिनाको स्यालरी नदिएको र नेपाल फर्कने टिकट पनि नदिएको हुनाले श्रम सहचारी बाबुलाल रेग्मीको विशेष सहयोगमा सबै कम्पनीले टिकट र स्यालरी दिएकोमा कर्न बहादुर राईले नेपाली दुतावासलाई धन्यवाद दिनु भएको थियो।

कार्यक्रममा दित्तिय सचीव बिनोद मुखिया, दित्तिय सचीव लक्ष्मण प्रसाद कोइराला, तेस्रो सचिव दयानन्द प्रसाद ओझा साथै चुमन सिंह के सि., निरज बस्नेत, प्रबिन प्रधान, सुन्दर कुमार श्रेष्ठ, टेक बहादुर बुढा, करातेका महासचिव नर्बु तामाङ, राम तामाङ र तुलाराम धामीको पनि सहभागीता थियो।

कार्यक्रम सन्चालन दित्तिय सचिव प्रेमराज गौतमले गर्नुभएको थियो । खेलाडीलाई पहिलो पल्ट नेपाली राजदुतावासबाट सम्मानित गरिएकोमा नेपाली प्रवासी सितोरियो कराते परिवार हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । सोही दिन गणतन्त्र दिबस परेको अबसरमा दुबासद्वारा दिप प्रज्वलन गरि दिबस मनाएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...