दमकमा चुनावी अभियान चर्काउँदै संघीय समाजवादी र नयाँ शक्ति - Naya Online

दमकमा चुनावी अभियान चर्काउँदै संघीय समाजवादी र नयाँ शक्ति

दमक, १६ जेठ ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले झापाको दमकमा चुनाव प्रचार प्रसार अभियानलाई तीव्रता दिएका छन् ।
संयुक्त निर्वाचन परिचालन तथा प्रचार प्रसार समितिको अगुवाईमा सोमबार गणतन्त्र दिवसको अवसर पारेर दमकमा घरदैलो कार्यक्रम सुरु गरिएको संयोजक कमन देवानले जानकारी दिनुभयो ।
सोमबार दमक–७, ६, ५ र १ वडाहरुमा बृहत् घरदैलो अभियान सञ्चालगन गरी मंगलबारदेखि वडा केन्द्रित घरदैलो कार्यक्रम थालिएको निर्वाचन परिचालन समितिले जनाएको छ । समितिका सह–संयोजक अशोक घिमिरे क्षेत्रीले निर्वाचन प्रचारका लागि आवश्यक साम्रगी तयारी र वितरणलाई पनि तीव्रता दिइएको हो । दमकमा दुवै पार्टीले वडा नम्बर १, ५ र ७ नम्बरमा सम्पर्क कार्यालयसमेत स्थापना गरी व्यवस्थित काम थालेका छन् ।
ससफो झापाका सचिव सुशीलकुमार राईले दमकमा दुवै पार्टीले संयुक्त उम्मेद्वारी घोषणासहित घरदैलो कार्यक्रम थालनी गरेर चुनावी माहोल ल्याइएको दावी गर्नुभयो । झापाभर चुनावी माहोल बन्दै गएको भन्दै राईले पार्टीले निर्वाचनलाई आन्दोलनका रूपमा उपयोग गर्ने नीति लिएको स्पष्ट पार्नुभयो ।
यस्तै झापाको मेची नगर र भद्रपुर नगरपालिकामा उम्मेद्वारी घोषणासहित प्रचारात्मक कार्य अघि बढाइएको पार्टी स्रोतले जनाएको छ । कमल गाउँपालिकामा उम्मेद्वारी चयनलाई अन्तिम चरणमा पुर्याइएको पार्टीका लिम्बुवान प्रदेश समिति सदस्य दिपेन बाला राईले बताउनुभयो ।
ससफो नेपाल र नयाँ शक्तिले दमकमा मेयर पदका लागि सतिष साह र उपमेयर पदमा गंगा सागर शेर्मा (राई) लाई उम्मेद्वार बनाएको हो । वडा नम्बर १ मा ओममाया आङ्देम्बे, वडा नम्बर ३ मा डम्बर तिम्सिना, वडा नम्बर ५ मा राजु खड्का, वडा नम्बर ६ मा पुष्प न्यौपाने, वडा नम्बर ७ मा गजेन्द्र लावती, वडा नम्बर ८ मा उमेश गजमेर, वडा नम्बर १० मा खगेन्द्र न्यौपानेलाई उम्मेद्वार बनाउने घोषणा गरिसकेको छ । दुवै पार्टीले यसअघि जेठ १० गते नै दमकमा पत्रकार सम्मेलन गरेर उम्मेद्वारी घोषणा गरेको थियो । दुवै पार्टीका संयुक्त उम्मेद्वारहरुले हातले समातेको मसाल चुनाव चिन्हमा मतदान गरी आफूहरुलाई विजयी गराउन आह्वान गरेका हुन् ।
वडा अन्तर्गत वडा नम्बर १ मा महिला सदस्यतर्फ कृष्णकुमारी अधिकारी (कल्पना), दलित महिला सदस्यमा कल्पना धमला, खुल्ला सदस्यहरुमा कुमार राई र पञ्चमाया लिम्बूलाई उम्मेद्वार तोकिएको छ । त्यस्तै ३ मा गंगाप्रसाद दुलाल र नरेन्द्रकुमार शेर्मा खुल्ला सदस्य पदका उम्मेद्वार रहेका छन् ।
वडा नम्बर ५ मा महिला सदस्यतर्फ उमा मगर, खुल्ला सदस्यतर्फ देउमान साम्रा र पुष्कर पोखरेलको नाम उम्मेद्वारका रूपमा अघि आएको छ । वडा नम्बर ७ मा महिला सदस्यमा विष्णुमाया चेम्जोङ (कल्पना), दलित महिला सदस्य पदमा लक्ष्मी सार्कीको नाम उम्मेद्वारका रूपमा रहेको छ भने खुल्ला सदस्य पदमा महेन्द्रकुमार योङ्हाङ र सन्तोष राईको नाम उम्मेद्वारका रूपमा प्रस्तावित छ ।
वडा नम्बर १, ५ र ७ मा चुनावी घरदैलो कार्यक्रमलाई व्यापक बनाइएको उम्मेद्वारहरुले बताएका छन् । अन्य वडाहरुमा पनि मनोनयन अवधिसम्ममा उम्मेद्वार तय गरि निर्वाचनका गतिविधि अघि बढाइने पार्टी सम्बद्ध स्रोतले जनाएको छ । दमक नगरपालिका कार्यालयमा सोमबार नै निर्वाचन आयोगले आफ्नो कार्यालय स्थापना गरेर काम थालेको निर्वाचन अधिकृत वेदनिधि फुयालले जानकारी दिनुभएको छ ।
दमकमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपाले पनि चुनावी अभियानलाई व्यापकता दिएको बताएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...