इदउल फित्र पर्वका बेला निर्वाचनको मिति घोषणा गर्नु दुखद् - Naya Online

इदउल फित्र पर्वका बेला निर्वाचनको मिति घोषणा गर्नु दुखद्

काठमाडौँ, १६ जेठ ।

नेकपा (एमाले)ले मुस्लिम धर्मावलम्बीको महान् पर्व रमजानअन्तर्गतको अन्तिम शुक्रबार ‘जुमा अल बिदा’को दिन पारेर आगामी असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने भनी सरकारले गरेको पछिल्लो निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका महासचिव ईश्वर पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा पहिलो चरणको निर्वाचनअघिदेखि नै पार्टीले मुस्लिम समुदायको महान् पर्व इदउल–फित्रको समय पारेर निर्वाचनको मिति तोक्न नहुनेतर्फ सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएको उल्लेख छ ।
संविधानत धर्मनिरपेक्ष राष्ट्रको मूल मर्ममा प्रहार गर्दै एक महिना लामो अवधिसम्म दिनभर निआहार बसी मनाइने पर्वकै समय पारेर जेठ ३१ गते निर्वाचनको मिति तय गरिएको थियो तर अहिले, त्यस मितिलाई अझ पछाडि सार्ने निर्णय गर्दासमेत मुस्लिम धर्मावलम्बीले मतदान गर्नै नसक्ने गरी ‘जुमा अल बिदा’ को दिन रोज्नु झनै खेदजनक विषय हो, विज्ञप्तिमा उल्लेख छ ।
गैर जिम्मेवार र मुस्लिम समुदाय विरोधी तथा सबै मुस्लिम समुदायका मतदातालाई मतदान गर्नबाटै बञ्चित गर्ने सरकारको यस्ता षडयन्त्रमूलक कदमप्रति घोर भत्र्सना गर्दै विज्ञप्तिमा सत्तारुढ दललाई यस्ता विषयमा विशेष संवेदनशीलता प्रदर्शन गर्नसमेत आग्रह गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...