• कोशी किनारे
उतिबेला बिरही हङगेङ नामले चिन्थें यतिबेला रोहित सुब्बा भएका छन। बिरही हङगेङ ठिकथियो किन रोहित सुब्बा बनाए कुन्नी कबि दिलदुखी जन्तरे र म म्यासेन्जरमा दह्रो कुरा काट्छौं रोहितको।म्यासेन्जरमा थुप्रै कबि मित्रहरुसंग म संगत गर्छु र भएभरको गफ हांक्छु।त्यसमा कबि दिलदुखी जन्तरे संग कहिलेकँही रातभर पनि गफ हांक्छु।
गणेश हाङसेम रोहित सुब्बा पराजित पोमु संगपनी गफ राम्रै जम्छ। गफ कबिताकै प्राय जम्छ।कबितालाई कसरी गतिशील मौलिक आयमिक बनाउन सकिन्छत? गफको मुख्य बुंदा यंही रहन्छ।हुनत यिसबै कबि मित्रहरु अहिलेको कबिता जमातका दाबेदार कबिता लेख्नेमा पर्छन।र पनि कबिताको लाईनमा दह्रो उभिन खोज्नेको रुपमा म गणेश हाङसेम र रोहित सुब्बालाई अलि ज्यादा देख्छु किनकी यि दुई कबिहरुको निकट भबिस्यमा कबिताको लागी रगत उम्ल्याउन सक्ने जांगरिला नौजवानहरु हुन।यि दुईमित्रहरु संग बैचारिकता चेत र अध्यनसिलता पनिछ।नेपाली कबिताबृत्त का नबोदित अध्यनरत नामहो रोहित सुब्बा।सुब्बा जि कबितामा निक्कै तिखो तरिकाले आउनसक्ने मेरो भाबी आस्थाको नुबा प्रतिक हुन।सुब्बाको भर्खरै लिखित कबिता लावारिस लाई यसको उदाहरण दिन्छु-
• लावारिस •
एउटा साझ बिस्तारै
बूढो घरको सघार टेक्छ
दियोमा तेल थपिरहेकि
मेनका झै प्रेमिका
मायावी रोशनि, मायावी उनि।
पर चौकको भित्री कुनामा
बिस्तारै पर्दा खोलिन्छ
रातो, निलो मायावी रोशनी ..
प्रोफेसर शर्माको डायरी,
ओल्ड म्यान एन्ड दि सि
कम्युनिस्ट घोषणा पत्र
उक्लिन्छ बिस्तारै गिलास भरी भरी
मायावी स्वाद !
मेटाफोर, एउटा रक्स्याहाको
ब्रेन वास जस्तो कि, ईन्स्य्सानिटि तिर
जो मेरै चित्ता सजाउन तल्लिन छ
वर्षौ देखि ।
स्टेफन हकिन्स, झमक घिमिरेको
पैरवी गरिरहेको एउटा अपाहिज
ओसामु दाजाई, देवकोटाको
वकालत गरिरहेका पागल
समुन्द्री तटको थोत्रो घरको
गोर्की र फकिरको गन्ध
आतामा झै फिरङ्गिहरु
स्याठ डकार्ने साझ,
क्रमश भरिरहेको गिलास
र गिलास झै
भरिरहेको तित्तता ।
एउटा साझ – तित्तता
एउटा साझ – रित्तता
साझहरु र रक्सी
क्षणीक उमङ्ग र उभ्रीएको उल्लास
उस्तादका तबला र विणाका तरङ्ग झै
भाचिरहने जिन्दगिका सरगम
निस्फिक्री एउटा नालीमा रात गुजार्छ
मायावी स्याठ, मायवी सडक।
मेटाफेरा, ब्रेनवास, स्टेफन, हकिन्स संग म अपरिचितछु किन कि युरोपेली भाषा र युरोपेली ईतिहांस लाई मैले अध्यन गर्न अल्छी गरेछु यात पढ्नेबेलामा धनकुटाको डांडै डांडा दुम्सी मार्दै हिड्दा ठिक्कभो।यात पढ्नेबेला गुच्चाखेलेर भन्ने गितले भन्या जस्तै गरें।मेटाफेरा ब्रेनवास स्टेफन संग अपरिचित भईसकेपछी यो कबितामा मैले के बुझेंहोलात? म आफैले आफैलाई प्रश्नगर्छु।त्यैपनी कबिताको बान्किले मलाई लोभ्याएको हुनुपर्छ।नुमा तरेमाको हात समाएर औंशेहटिया तेह्रथुमको छथर शुक्रबारेमा धान नाच्दा तरेमा लज्जित हुंदै म्यालुङ तर्फ चेहेरा फर्काएर पालाम भन्दाखेरी त्यो तरेमाको लजालु चालले जसरी म आकर्षण भएको थिएं।त्यसरिनै यो कबिताले मलाई आकर्षण गरेको हुनुपर्छ।फरक यतिछ त्यो तरेमाको लजालुपन बुझिन तर उसले भनेको पालाम बुझें।त्यस्तै सुब्बा जिको कबिताका शाब्दिक बिम्बहरु बुझिन तर कबिताको कलात्मकताले मलाई आह्रीस लागायो की जस्तो लाग्छ।मलाई गनगन के कुरामा गर्न मनलाग्छ भनेदेखिन हामी संगपनी छन त्यस्ता बिम्बहरु जुन हाम्रै वरिपरि छन हाम्रै तमासुकहरुमा हाम्रै साब्लामुधिनहरुमा आदिम ईतिहांसहरु बनेर आदिम थलोहरु बनेर बांचेकाछन। मेटाफोर ब्रेनवास स्टेफन हकिन्स हरुको ठाउंमा हामिले ति हाम्रा कुराहरु लाई संग्रहित गर्नसक्छौं । यसोभयो भने कम्तिमा पनि हामिले हाम्रो मौलिक बिम्बहरुलाई कबितामा ल्यायौं भनेर गनगन भोली गर्न सक्नेछौं।
हुनत सुब्बा जिका कबिताका यि अक्षरहरुमा मैले यस्तो गनगन गरिरहंदा नबुझ्नेलाई खुर्पाको बिंड पनि हुनसक्छु।सुब्बा जि बाट यस्ताखाले कयौं कबिताको आस गरेकोछु । अरुकुरा लेख्दै जाउंला आजलाई सुब्बा जि माथिको मेरो गनगन यतिनै।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।