निर्वाचनको विकल्प निर्वाचन – प्रधानमन्त्री - Naya Online

निर्वाचनको विकल्प निर्वाचन – प्रधानमन्त्री

काठमाडौँ, १६ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको आगामी असार ९ गतेका दिन मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनःविचार गर्न माग गरिएको छ ।

मुस्लिम प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज एक ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति अघि पछि गर्न आग्रह गरेका हुन् ।

मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकार तपाइँहरुको मागप्रति सकारात्मक छ, निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर निर्णय गर्छाैं ।”

प्रधानमन्त्रीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई सम्पन्न बनाउन आम नेपालीको साथ र सहयोगको अपेक्षा गरेको समेत सो अवसरमा जानकारी दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “असारमा चुनावको मिति तोकिएको छ, मनसुनका कारण चुनाव प्रभावित होला कि भन्ने चिन्ता पनि छ । हामीले जुनकुनै हालतमा चुनाव गर्नुपर्छ । निर्वाचनले मात्रै राजनीतिक सङ्क्रमणको अन्त्य गरी देशलाई राजनीतिक स्थिरता र विकासतिर लैजाने छ ।”

प्रधानमन्त्रीले निर्वाचन गर्नैपर्ने बाध्यताका बीचबाट रमजान पर्व प्रभावित नहुने गरी व्यवस्था गर्न सरकारले आवश्यक निर्णय गर्ने र सबैलाई सहभागी गराउने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निर्वाचन नभए सङ्घीयता, धर्म निरपेक्षता, गणतन्त्रजस्ता उपलब्धिलाई संस्थागत गर्न कठिन हुन्छ । निर्वाचनको विकल्प निर्वाचन मात्रै हो, अरु हुनै सक्दैन ।”

सो अवसरमा मुस्लिम समुदायका प्रतिनिधिले असार ९ गते रमजान पर्व पर्ने भएकाले मुस्लिम समुदाय निर्वाचनमा सहभागी हुन कठिनाइ हुने बताउँदै सो दिनका लागि तोकिएको मिति तल माथि गर्न माग गरेका थिए ।

यस्तै प्रतिनिधिमण्डलले सो दिनका लागि कक्षा ११ को परीक्षासमेत स्थगित गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...