यसरी प्रस्तुत हुँदैछ लिम्बुवानमा संघीय समाजवादी - Naya Online

यसरी प्रस्तुत हुँदैछ लिम्बुवानमा संघीय समाजवादी

नयाँ अनलाईन डेस्क
काठमाडौं, १६ जेठ २०७४ । संविधानले तोकेको प्रदेश नं. १ भित्र किरात र लिम्बुवान क्षेत्र पर्दछन् । जुन छुट्टै प्रदेश हुनुपर्छ भन्ने आवाज उठाएर आन्दोलन गरेको दशकौँ भइसक्यो । आन्दोलनले नेपालको कुनाकानीमा पनि लिम्बुवान नाम सुनाउन सकेको छ भने लिम्बुवान प्रदेश भए किरात, ताम्सालिङ, तमुवान, मगरात, थरुहटजस्ता प्रदेश आउन सक्ने नभए यी नामधारी कुनै प्रदेश आउन नसक्ने दावीसमेत भएको हो । तर लिम्बुवान आफैले आन्दोलनको गति लिन नसकेको र फुटपरस्त भएकोले पनि समस्या आएको नजिकबाट बुझ्न सकिन्छ ।
अघिल्लो संविधान सभाको निर्वाचनमा भाग लिएको पार्टीले दोश्रो संविधानसभामा बाहिस्कार गर्न पुगेको थियो । जसले गर्दा धेरै लिम्बुवान समर्थकले फोटोसहितको मतदाता सूचिमा नाम लेखाएनन् । मतदाता सूचिकृत गर्न आएका टोलीमाथि समेत अवरोध तुल्याएको थियो । आन्दोलनमा होमिएका कार्यकर्ताले मताधिकार प्रयोग गरेनन् तर लिम्बुवान चाहने तर तटस्थ रहने जनताले भने अन्तैतिर मत दिन पुगे ।
पछिल्लो समयमा लिम्बुवानको एक समूह संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्न पुगेपछि लिम्बुवानमा फोरमको बलियो उपस्थिति भएको छ । निर्वाचन आयोगको पछिल्लो नीतिको कारण नयाँ दल तथा उल्लेख्य प्रतिशत नपुगेको दलले चुनाव चिन्ह नपाउने भएपछि विचार मिल्ने दलहरूले चुनावी तालमेल गरेर लडिरहेका छन् । पार्टी एकताको नजिक पुगेका संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले फोरमकै चुनाव चिन्ह हातले समाएको मसाल लिएर होमिएको छ । केही स्थानमा त जीत समेत हासिल गरेको छ । संघीय गठबन्धनकै एक सदस्यको रूपमा रहेको मञ्च सम्बद्ध संघीय लिमबुवान पार्टीले फोरमकै चुनाव चिन्ह लिएर जाने पक्कापक्की नै थियो । केही उम्मेदवारले नयाँ शक्ति, फोरम र मञ्चसम्बद्ध संघीय लिम्बुवान पार्टीको साझा उम्मेदवार भनेर प्रचारबाजी पनि गरिरहेका छन् । तर लिम्बुवानले राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी तालमेल गर्ने समाचार बाहिरिएको छ । फोरमसँग तालमेल नहुनुको कारण लिम्बुवानको एक समूहसँग पार्टी एकताको कारण नै हो भन्ने अनुमान लगाउन सकिन्छ ।

कस्तो हुँदैछ त चुनावी चहलपहल?

लिम्बुवानले कोरेको सीमारेखाभित्र संघीय समाजवादीको उपस्थिति अक्रामक छ । लिम्बुवान प्रदेश सम्पर्क समितका अध्यक्ष भवानी आङ्देम्बेको नेतृत्वमा हाते प्रचार धमाधम वितरण भइरहेको छ । केन्द्रीय सदस्यद्वय योगराज वनेम, प्रेमराज लावती, सम्पर्क समितका सचिव भेषराज चेम्जोङ, सदस्य देवेन्द्र नेम्बाङसहितको टोलीले चुनाव चिन्ह भएको झण्डा र हाते प्रचार वितरण गरिएको हो । सामाग्रीहरू झापा जिल्ला अध्यक्ष नारायण कुमाल, तेह्रथुम काठमाडौं सम्पर्क समितिका अध्यक्ष महेन्द्रकुमार लुम्फङ्वा र मोरङका तारा लिम्बू वितरणमा सहयोग पु¥याइरहेका छन् ।

तेह्रथुमका अध्यक्ष कपिलदेव सिंगकले जानकारी दिएअनुसार नयाँ शक्ति पार्टीसँग जिल्लाको दुई नगरपालिका र तीन गाउँपालिकामा निर्वाचन परिचालन कार्यलयसमेत खोलिसकेको छ । जिल्लामा रहेको छथर गाउपालिकाबाहेक मेन्छ्यायेम, फेदाप र आठराई, नगरपालिकाहरू म्याङलुङ र लालीगुराँशमा कार्यालय खोलिएका हुन् । उम्मेदवारको चाही टुङ्गो नभइसकेको भरसक तल्लो तहबाटै सिफारिस भएर आएकालाई तय गरिने अध्यक्ष सिंगकले बताएका छन् ।

उता पाँचथरको याङ्वरक गाउपालिकामा संघीय समाजवादी फोरमबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी सजना सेलिङ कुरुम्बाङलाई पहिलो चरणमा काठमाडौं महानगरपालिकामा विवेकशील पार्टीबाट उम्मेद्वार दिएकी रञ्जु दर्शनासँग तुलना गर्दै प्रचारवाजी भएको छ । उनले पनि याङ्वरक गाउँपालिकामा ‘फ्रि वाईफाई जोन’ निर्माणको अभियानमा लागिपरेको घोषणा गरेकी छिन् । त्यसको लागि अभियानकर्ता महावीर पुनसँग भेट गरी सल्लाह लिन लागेको खुलासा पनि गरेकी छिन् ।
झापाको मेचीनगर नगरपालिकामा उम्मेदवार घोषणा भएको छ । नगरपालिकाको मेयर पदका लागि इन्द्रबहादुर श्रेष्ठ तथा उपमेयरका लागि अग्नीमाया मेचेलाई घोषणा गरेको हो । आदिवासी, जनजाती, खस, मधेसी, मुस्लिम लगायतका उत्पीडित जाती, समूदायहरूको झापा चौतारीको रूपमा संघीय समाजवादी फोरम रहेको भन्दै एक कार्यक्रमका विच उम्मेद्वारहरूको घोषणा गरिएको हो । अन्य उम्मेद्वारको टुङ्गो लाग्नेसाथ घोषणा गर्ने बताईएको छ । यद्यपि माओवादी, काँग्रेसलगायतका पार्टीहरूसँग तालमेलको लागि वार्तासमेत भइरहेको संघीय समाजवादी मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङले नयाँ अनलाईनलाई जानकारी गराएका छन् ।
इलाममा चुनावी रौनक निकै अगाडि बढेपनि चुनावको मिति सरेकाले पुन छलफलमा फर्किएको इलामस्थीत राम योङहाङले जानकारी दिएका छन् । उता धनकुटामा लिम्बुवानसँगको एकताले गाउँगाउँसम्म पुनगर्ठन चलिरहेको जेन्टल लावतीले जानकारी दिएका छन् । ताप्लेजुङ, पाँचथर र संखुवासभामा पनि चुनावको मिति सरेकाले अझै कसरत भइरहेको जानकारीमा आएको छ ।
हिमाल, पहाड र तराई जोड्ने संघीय समाजवादी फोरमको नयाँ शक्ति, लिम्बुवानसँग तालमेल र एकताले पहिचानको विपक्षमा रहने दलहरूलाई पाखा लगाउने निश्चित भएको चुनावको दौरानमा रहेका अभियन्ताहरूले बताएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...