संघीय समाजवादी मेचीनगर झापाद्वारा उम्मेद्वार घोषणा - Naya Online

संघीय समाजवादी मेचीनगर झापाद्वारा उम्मेद्वार घोषणा

झापा, १६ जेठ २०७४ । प्रदेश नं १ झापा मेचीनगरमा संघीय समाजवादी फोरम नेपालले आफ्नो उम्मेद्वारको सार्वजनिक गरेको छ ।
नगरपालिकाको मेयर पदका लागि इन्द्रबहादुर श्रेष्ठ तथा उपमेयरका लागि अग्नीमाया मेचेलाई घोषणा गरेको हो । आदिवासी, जनजाती, खस, मधेसी, मुस्लिम लगायतका उत्पीडित जाती, समूदायहरुको झापा चौतारीको रुपमा संघीय समाजवादी फोरम रहेको भन्दै एक कार्यक्रमका विच उम्मेद्वारहरुको घोषणा गरिएको हो ।
फोरमले गरेको घोषणमा वडाध्यक्ष पदको समेत सर्वजनिक गरेको हो । जसमा वडा नं ५ का लागि अध्यक्ष तिलकचन सम्वाहाम्फे, सदस्यहरु कोपिला लावती, सुवास सेलिङ, नरेश विक छन् । वडा नं ६ का लागि अध्यक्ष दिनेश चाम्लिङ, सदस्यहरु हिमबहादुर राई, मंगलीमाया कामी छन् । ७ का अध्यक्ष उमेश थापा र सदस्य अर्पण लिम्बू छन् । ८ का अध्यक्ष पवनलाल मेचे, सदस्यहरु उमा योक्पाङ्देन, रामकुमार राउत र ऋतु राजवंशी छन् । त्यसैगरी ९ का अध्यक्ष अमर लिम्बू, सदस्यहरु शान्ता श्रेष्ठ, कहरु किसान, सन्त साँवा छन् भने वडा नं १३ का अध्यक्ष पुष्प वोखिम, सदस्यहरु कुमार रानामगर, बमबहादुर लिम्बू, देवीमाया भुषाल र सोनुहाङ राई छन् ।
अन्य उम्मेद्वारको टुङ्गो लाग्नेसाथ घोषण गर्ने बताईएको छ । यद्यपि माओवादी, काँग्रेसलगायतका पार्टीहरुसँग तालमेलको लागि वार्तासमेत भइरहेको संघीय समाजवादी मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङले नयाँ अनलाईनलाई जानकारी गराएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...