तेह्रथुम, १६ जेठ । संघीय समाजवादी फोरम तेह्रथुमले गाउँपालिका तथा नगरपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छैन । निर्वाचन मिति सरेकोले अझै तल्लो निकायमै छलफल होस् भनेर जिम्मा दिइएको जिल्ला अध्यक्ष कपिलदेव सिंगकले जानकारी गराएका छन् ।
त्यसैगरी नयाँ शक्तिसँगको संयुक्त निर्वाचन परिचालनको कार्यालय छथर गाउँपालिकाबाहेक सबै नगर तथा गाउँपालिकामा स्थापना भइसकेको छ । स्थापना भएको नगरपालिका म्याङ्लुङ र लालिगुराँश छन् भने गाउँपालिकाहरुमा मेन्छ्यायेम, फेदाप र आठराई छन् । जिल्ला अध्यक्ष कपिलदेव सिंगक र नयाँ शक्तिका अनुशासन आयोगप्रमुख परशुराम खापुङको उपस्थितिमा निर्वाचन परिचालन कार्यालयको स्थापना भएको हो ।
तस्वीरः टेकबहादुर खापुङको फेसबुकबाट
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।