उत्तर कोरियाद्वारा पुनः आणविक क्षेप्याश्त्र परीक्षण - Naya Online

उत्तर कोरियाद्वारा पुनः आणविक क्षेप्याश्त्र परीक्षण

सोल, १५ जेठ । उत्तर कोरियाले पुनः एक पटक आज अर्को आणविक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएका छन् ।
स्थानीय समयानुसार सोमबार बिहान पौने छ बजे तिर उत्तर कोरियाको पूर्वी सामुद्रिक तटमा अवस्थित उन्सान प्रक्षेपणस्थलबाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्याश्त्र छोटो दूरीसम्म मार हान्न सक्ने स्कड मिसाइल वा यस्तै प्रकृतिको भएको अनुमान गरिएको छ ।
उक्त क्षेप्यास्त्र आकाशमाथि अधिकतम एकसय बीस किलो मिटरको उचाईसम्म पुगी पूर्व दिशातर्पm चारसय पचास किलोमिटर जति उडेर जापानी समुद्र ९सि अफ जापान० मा खसेको थियो । झट्ट हेर्दा पहिले पहिले परीक्षण गरिएका सामान्य मिसाइल हो कि भन्ने अनुमान गरिए ता पनि यस क्षेप्यास्त्रले आकाशमाथि उड्दा लिएको ठाडो कोणीय उचाई, तीब्र गति र अन्य प्राबिधिक पक्षपट्टि बिचार गर्दा उत्तर कोरियाले बहू–प्रतीक्षित, अति लामो दूरीसम्म मार हान्न सक्ने अन्तर–महाद्विपीय ब्यालेस्टिक क्षेप्याश्त्र ९आईसिबिएम० को परीक्षण तयारी गर्ने प्रकृतिको ९प्रोटो टाइप० जस्तो देखिन्थ्यो ।
उत्तर कोरियाले यस बर्षको शुरुदेखि हालसम्म यो समेत मध्यम तथा छोटो दूरीका आणविक क्षेप्यास्त्र नौ पटक परीक्षण प्रक्षेपण गरेको पनि जनाइएको छ । साथै नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले यसै महिनाको शुरुवाततिर कार्यभार सम्हाल्नु भएपश्चात् उत्तर कोरियाले परीक्षण प्रहार गरेको यो तेश्रो पटक हो ।
क्षेप्यास्त्र प्रक्षेपणपश्चात् दक्षिण कोरिया पट्टि सदा झैं अमेरिकी तथा दक्षिण कोरियाली संयुक्त सैनिक बलले उच्च सतर्कता अपनाएका थिए । साथै राष्ट्रपति मूनले तत्कालै राष्ट्रिय सुरक्षा परिषदको आपत्कालीन बैठक बस्ने आदेश दिनु भएको र बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार परिचुङ्ग ओइ–योङ्ले गर्ने पनि जनाइएको छ ।
त्यस्तै, दक्षिण कोरियाली सैनिक प्रमुखद्वारा आज जारी गरिएको एक विज्ञप्तिमा उत्तर कोरियाले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा पारित सङ्कल्प प्रस्तावको अटेरी र अवहेलना गरेको बताइएको छ ।
बारम्बार बिभिन्न आणविक क्षेप्याश्त्र परीक्षण प्रहार गरी अमेरिकी तथा दक्षिण कोरियाली संयुक्त सैन्यबल, जापान तथा सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई लगातार गम्भीर चुनौति दिईरहेको हुँदा यिनीहरुको आक्रोश र कडा कारबाही एक्लिई सकेको उत्तर कोरियाले कुन दिन सामना गर्नु पर्ने हो सो अज्ञात रहेता पनि अवश्यम्भावी छ भन्ने सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यता, उत्तर कोरियाले भने क्षेप्याश्त्र परीक्षण प्रहार वा तत्सम्बन्धि अन्य कुनै पनि बिषयमा मुख खोलेको छैन । रासस/सिन्ह्वा

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

भारतमा तापक्रम ४९ डिग्री सेल्सियस, गर्मीले ६ जनाको मृत्यु

एजेन्सी । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको...

रुस–युक्रेन युद्धोन्मादको क्याटालिस्ट नाटो, नोर्ड स्ट्रिम २ को स्पष्ट मुक्कोपिरा र जि–७ को धूमिल छाँया

– उदय  ‘पूर्वेली’ चोङ्बाङ्क्याक विशेषगरी अहिले गत २४ फेब्रुअरी, बिहीबार बिहान सबेरैदेखि रुसले युक्रेनको...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

म्यानमार सेनाद्धारा करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण, हजारौं मानिस गाउँ छोड्न बाध्य

एजेन्सी, १७ मंसिर । म्यानमार सेनाले करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण गर्दा...

भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आइतबार...

पोर्तुगल विकसित हुनुमा आप्रवासी कामदारको हातः मार्सेलो

केश तमू पोर्तुगल, १० अक्टोबर । पोर्तुगलका रास्ट्रपति मार्सेलोले देश विकाशमा अप्रवासीहरुको ठूलो भुमिका...

‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावालाई

सिक्किम, २३ असोज । ‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावाले पाएका...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

न्यूयोर्कको बाढीमा परेका नेपाली परिवार घरबेटीलाई गुहार माग्दामाग्दै डुबे

काठमाडौ, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...