२८ मे २०१७ । इपो मलेसिया । मलेसियाको ईपो शहरमा २८ मे आईतवारको दिन किरात राई यायोख्खाले साकेला पर्व भव्यताको साथ मनाउको छ ।
प्रकृतिपुजक भुमिपुत्र किरातिहरुको महान चार्ड साकेला उभौली ईपोहको एक अत्यान्तै सुन्दर रमणिय गुलुङ्लाङ भन्ने ठाउमा भएको हो । मलेसियाको विभिन्न क्षेत्रमा छरिएर रहेका राईहरुको उपस्थिती रहेको थियो ।
उभौली साकेला बिशेषत बिउबिजन गर्ने समयमा मनाईने भएको हुनाले लगाएको बिउबिजन सप्रिउन, कुनै पनि किसिमको दैविप्रकोप आपतबिपत नआउ, गाउँ घर देखि देश बिदेश सम्म कुनै रोग व्यधी देसान मसान नफैलिउन भन्ने विशेष कामनाका साथ सबैले साकेला नाचेर उक्त पर्व मनाएका थिए । मलेसियामा हरेक वर्ष यसरी नै साकेला उभौली पर्व मनाँदै आएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।