जनजाति महासंघ इजरायलले महावीरको आविष्कार केन्द्रलाई ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग - Naya Online

जनजाति महासंघ इजरायलले महावीरको आविष्कार केन्द्रलाई ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग

आफूले पाएको पदक बेचेर देश र गरिब जनताको सेवा गर्न लागेको महावीरको भनाई
ललितपुर, १४ जेठ । नेपाल आदिवासी जनजाति महासंघ, इजरायलले म्यागासेसे पुरस्कार प्राप्त महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
आविष्कार केन्द्रलाई रकम जुटाउन म्यागासेसे पुरस्कारलगायत पदक नै बिक्रीमा राखेका पुनलाई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को केन्द्रीय कार्यालय ललितपुर कुसुन्तीमा सो रकम आइतबार हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण समारोहमा अध्यक्ष जगतबहादुर बराम र नेफिन इजरायलका उपाध्यक्ष लक्ष्मी योञ्जन तामाङलगायत पदाधिकारीहरूले पुनलाई संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सहयोगका लागि धन्यवाद दिँदै आफूहरूले हुने खाने वर्गबाट भन्दा दुःख गरेर विदेशमा रहेकाहरू र श्रमजीवि निम्न वर्गबाट सहयोग बढी जुटेको कार्यक्रममा पुनले बताए, ‘बैंक, बित्तिय संस्था, उद्योगपति, ब्यापारीबाट अहिलेसम्म कुनै सहयोग आएको छैन ।’
‘पदक बेच्न थाल्यो भनेर दुःख नमान्नुहोस्,’ पुनले थप भने, ‘देशका लागि राम्रो काम गर्न सदुपयोग मात्रै गर्न खोजिएको हो ।’
आविष्कार केन्द्रको उद्धेश्य, योजना र महत्व सरकारले अहिले ग्रहण नगरे पनि १०/१५ वर्ष पछि सरकार आफैले यो काम गर्ने विश्वास समेत पुनले व्यक्त गरे ।
महासंघका अध्यक्ष बरामले नेफिन इजरायललाई पवित्र कार्यका लागि धन्यवाद दिदैँ आविष्कार केन्द्रको योजना सफलताको शुभकामना दिएका थिए । त्यसैगरी, कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझीले सहयोग जुटाउने नेफिन इजरायललाई धन्यवाद दिइन् ।
इजरायल गत मे १३ मा २५६१औँ बुद्ध जयन्ति कार्यक्रममा उठेको रकम आविष्कार केन्द्रलाई हस्तारण गरिएको नेफिन इजरायलका उपाध्यक्ष लक्ष्मी तामाङले बताइन्, ‘इजरायलमा पसिना बगाइरहेका आदिवासी जनजातिहरूले आविष्कार केन्द्रको योजनालाई केही इँटा थप्न मात्रै खोजिएको हो ।’
कार्यक्रममा नेफिनका उपाध्यक्षहरू कृष्णकुमारी शेरचन, गोबिन्द छन्त्याल, लोकबहादुर दुरा, पूर्व महासचिव आङकाजी शेर्पा, सचिवहरू सुकविर थामी र सोनाम याङ्की मुगाली उपस्थित थिए । त्यसैगरी, आदिवासी जनजाति युवा महासंघका अध्यक्ष र महासचिव जिएस गुरुङ र हेमन्त राई, फोनिजका अध्यक्ष डण्ड गुरुङ, जनजाति महिला महासंघका सचिव नानु थामी, नेफिन इजरायलका पूर्व पदाधिकारी तथा सल्लाहकारहरू भुपेन्द्र गुरुङ, चन्द्रमाया बम्जन तामाङ, फूर्वा ह्योल्मो, छोइसाङ ह्योल्मोलगायत उपस्थित थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...