बेलायतमा २३ हजार जिहादी लडाकू रहेको प्रतिवेदन - Naya Online

बेलायतमा २३ हजार जिहादी लडाकू रहेको प्रतिवेदन

लन्डन, १४ जेठ । बेलायती राष्ट्रिय अनुसन्धान (जासूसी) निकायले मुलुकभर २३ हजारको हाराहारीमा मुस्लिम अतिवादी जिहादी लडाकूहरु बसोबास गरिरहेका छन् भनी बेलायती सरकारसमक्ष पेश गरेको एक प्रतिवेदन आज सार्वजनिक भएको छ ।
मर्न र मार्न तम्तयार भै बसिरहेका यिनीहरुलाई नै बिभिन्न आतङ्कबादी सङ्गठनहरुले आत्मघाती आक्रमणमा प्रयोग गर्ने गरेका समेत सो प्रतिवेदनमा जनाइएको छ ।
आत्मघाती बम आक्रमण वा अन्य प्रकारका हिंसात्मक घटना रोकथाम गर्न बेलायती सुरक्षा निकायसक्षम रहेको तथा प्रशस्त अवसर र विकल्प छँदाछँदै सो गुमाएर गत सोमबार राति म्यान्चेस्टर एरिनामा आत्मघाती आक्रमण हुनु लाजमर्दो कुरा भएको भनी सर्वत्र आलोचना भएको थियो ।
त्यसपछि बेलायती राष्ट्रिय सुरक्षा सेवाद्वारा लन्डनको स्थानीय ह्वाइटहलमा एक पत्रकार सम्मेलनको आयोजना गरी उपरोक्त जानकारी दिइएको हो ।
कूल तेइस हजार जना जिहादी लडाकूहरुमध्ये करिब तीनहजार सम्भाब्य आत्मघाती आक्रमणकारीहरु बेलायतलाई जहिले पनि अधिकतम खतरनाक सावित भै रहेका र बाँकी बीस हजार जना पनि अलि कम खतरनाकको श्रेणीमा परे तापनि यिनीहरुउपर कडा निगरानी राखी सदैब सतर्क रहनु पर्ने समेत खुलासा गरिएको छ ।
म्यान्चेस्टर आक्रमणपश्चात् बेलायती प्रहरी र अनुसन्धान निकायले गतः एक हप्ताभित्र सञ्चालन गरेको अनुसन्धान तथा अपरेशन कारबाहीको क्रममा उपरोक्त तथ्य पत्ता लागेको जनाइएको छ ।
यस बर्ष सम्पूर्ण बेलायतभरी सनसनी फैलाउने गरी भएका दुई खतरनाक आत्मघाती बम आक्रमणका नाइकेहरु – म्यान्चेस्टर एरिना घटनाका सलमान आबेदी र दुई महिना अघि पाँचजना मानिसको ज्यान जाने गरी वेस्ट मिन्स्टर आत्मघाती आक्रमण घटनाका खालिद मसूद, यी दुवै जनाउपर पहिलेदेखि नै निगरानी बढाउनु पर्नेमा सो गर्न छुटेको राष्ट्रिय सुरक्षा सेवाले स्वीकार गरेको छ ।
म्यान्चेस्टर एरिना घटनाको अनुसन्धानको क्रममा हालसम्म ११ जनालाई पक्राउ गरी प्रहरी नियन्त्रणमा लिइर्एको र अन्य कतिपयलाई पनि पक्राउ गर्न निरन्तर खोजी भै रहेको छ । घटनाको नाइके सलमान आबेदीका पृष्ठभूमिमा रहेका सबैजसोलाई पनि पक्राउ गरिसकिएको जनाइएको छ ।
यसैबीच, बेलायती प्रधानमन्त्री टेरेसा मेले राष्ट्रब्यापी सुरक्षाको स्थितिलाई पहिला घोषणा गरिएको ूक्रिटिकल (नाजूक अवस्था)ू को श्रेणीबाट झारी ूसिभर (कठोर अवस्था)ू को श्रेणीमा राख्ने आदेश दिनु भएको छ ।
तथापि सशस्त्र सुरक्षाकर्मीका समूहले राजधानीमा सोमबारसम्म २४ सै घण्टा गस्तीमा खटिई सुरक्षा निगरानी बढाइ रहने छन् ।
गत २२ मे सोमबार साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै भएको भीषण आतङ्ककारी आक्रमण परी २२ जनाको मृत्यु भएको थियो भने, अरु कैयौ घाइते भएका थिए । रासस /सिन्ह्वा

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रुस–युक्रेन युद्धोन्मादको क्याटालिस्ट नाटो, नोर्ड स्ट्रिम २ को स्पष्ट मुक्कोपिरा र जि–७ को धूमिल छाँया

– उदय  ‘पूर्वेली’ चोङ्बाङ्क्याक विशेषगरी अहिले गत २४ फेब्रुअरी, बिहीबार बिहान सबेरैदेखि रुसले युक्रेनको...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

म्यानमार सेनाद्धारा करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण, हजारौं मानिस गाउँ छोड्न बाध्य

एजेन्सी, १७ मंसिर । म्यानमार सेनाले करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण गर्दा...

भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आइतबार...

पोर्तुगल विकसित हुनुमा आप्रवासी कामदारको हातः मार्सेलो

केश तमू पोर्तुगल, १० अक्टोबर । पोर्तुगलका रास्ट्रपति मार्सेलोले देश विकाशमा अप्रवासीहरुको ठूलो भुमिका...

‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावालाई

सिक्किम, २३ असोज । ‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावाले पाएका...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

न्यूयोर्कको बाढीमा परेका नेपाली परिवार घरबेटीलाई गुहार माग्दामाग्दै डुबे

काठमाडौ, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...

अमेरिकाले गर्‍यो इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण

काठमाडौ, १२ भदौ । अमेरिकी सेनाले अफगानिस्तानको नाङ्घहार प्रान्तमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई...