पाँच वर्षमा पनि ‘गणतन्त्र स्मारक’ निर्माण सकिएन् - Naya Online

पाँच वर्षमा पनि ‘गणतन्त्र स्मारक’ निर्माण सकिएन्

काठमाडौँ, १५ जेठ । नारायणहिटी दरबार परिसरको पूर्वी भागमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माण कार्य पाँच वर्ष बितिसक्दा पनि सकिएको छैन ।

सरकारको २०६९ मङ्सिर २२ गतेको निर्णयानुसार ‘गणतन्त्र स्मारक’ निर्माणका लागि निजी कम्पनी ‘विकोइ स्काइ बङ्गलामुखी ज्वाइन्ट इन्भेन्चर (विकोइ विल्डर्स’ प्रालि, स्काइ विल्डर्स प्रालि र बङ्गलामुखी कन्स्टक्सन प्रालि)लाई तीन वर्षमा स्मारक निर्माण गर्ने जिम्मा दिइए पनि पाँच वर्ष बितिसक्दा समेत निर्माण कार्य नसकिएको हो ।

पैतीस रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारकका लागि सुरुमा सरकारले रु ३५ करोड छुट्याए पनि खर्च अपुग भएका कारण पछि थप रु पाँच करोड थपिदिएको थियो ।

कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले सरकारले निर्णय गरेर काम अगाडि बढाउन जिम्मा दिए पनि भूकम्प र नाकाबन्दीका कारण ढिला भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो “काम अन्तिम चरणमा पुगेको छ, स्मारकमा राख्न हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने नेपालको नक्सा नआइसकेकाले काम ढिला भएको छ ।”

स्मारकभित्र द्वन्द्वकालमा मारिएका सहिद, राज्यबाट बेपत्ता पारिएका, घाइते भएका र हराएका व्यक्तिको सम्झनामा छुट्टाछुट्टै स्तम्भ निर्माण गरिएको छ ।

स्मारक निर्माण गर्न सुरुको दिनमा दैनिक १५० कामदारले काम गरे पनि पछिल्लो समय ५० जनाले मात्र काम गर्दै आइरहेका छन् । निर्देशक श्रेष्ठले गणतन्त्र दिवसको दिनमा उद्घाटन गर्ने कार्यक्रम राखे पनि नेपालको नक्सा नबनेकाले केही महिना ढिला भएको स्पष्ट पार्नुभयो । उहाँले अब चाँडै नै उद्घाटन हुने बताउनुभयो । रासस

तस्वीरः सौर्यबाट ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...