मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना स्थगित - Naya Online

मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना स्थगित

चितवन, १५ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ ।

मतगणना भइरहेको समयमा राति ११ः४४ बजे दलका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको जनाएको हो ।

सो क्रममा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू शौचालय गएर फर्कदै गर्दा मतपत्र च्यातिएको र त्यसपछि विवाद बढेको भन्दै अनिश्चितकालका लागि गणना स्थगित गरिएको जानकारी गराउनुभएको थियो । के कति मतपत्र च्यातियो सोबारे भने उहाँले यकिन हुन नसकेको बताउनुभयो ।

च्यातिएका मतपत्रलाई मुचुल्का गरेर राखिएको छ । नेकपा (एमाले)का प्रमुखका उम्मेदवार देवी ज्ञवालीले हार्ने भएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको बताउनुभयो । माओवादी केन्द्रले भने एमालेलाई दोष लगाएको छ । मतपत्र च्यातेको र प्रहरी माथि हातपात गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ पर्नेमा माओवादीका द्रोणबाबु सिवाकोटी र ईश्वर सापकोटा एवम् एमालेका गङ्गालाल लामा रहेका छन् ।

मतगणना स्थलमा उनीहरुले गनिसकेको मतपत्र सङ्ख्या जोड्दै गर्दा च्यातेपछि मतगणना स्थलमा निकै होहल्ला भएको थियो । प्रहरी उपरीक्षक थापाका अनुसार मतगणना स्थगित भएपछि मतपत्र गणना भइरहेको स्थल कवर्ड हलबाट दलका प्रतिनिधिलाई बाहिर निकालेर दुईवटा ढोकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएको छ । सोही माथि एमालेले पनि ताला लगाएको उहाँले बताउनुभयो । अन्य दलले पनि ताला लाउन सक्ने थापाले बताउनुभयो ।

मतपत्र च्यातियो भनेपछि बाहिर रहेका दलका कार्यकर्ता नाराबाजी गर्दै मतगणना स्थलतर्फ गएपछि प्रहरीले लाँठीचार्ज गरेको थियो । सो क्रममा भरतपुर महानगरपालिका–१९ को मतगणना भइरहेको थियो । वडा नम्बर २० को मतगणना हुन बाँकी रहेको छ । हालसम्म माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहालभन्दा नेकपा एमालेका प्रमुख पदका ज्ञवाली ७५५ मत अन्तरले अघि रहनुभएको छ । रासस

तस्वीरः रातोपाटीडटकमबाट

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...