२८१ स्थानीय तहको मतगणना पूरा - Naya Online

२८१ स्थानीय तहको मतगणना पूरा

काठमाडौँ, १४ जेठ ।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट १३ हजार १६० प्रतिनिधि निर्वाचित भएका छन् ।
कान्तिपथस्थित निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त जानकारीअनुसार, २८३ वटा स्थानीय तहमध्ये २८१ को मत गणना कार्य सम्पन्न भई उम्मेदवारको विवरण प्राप्त भएको छ ।
अब चितवनको भरतपुर महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाको विवरण आयोगलाई प्राप्त हुन बाँकी रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
पछिल्लो विवरणअनुसार, नगरप्रमुख/अध्यक्ष २८१, उपप्रमुख/उपाध्यक्ष २८१, वडाध्यक्ष दुई हजार ५५१, वडा सदस्य पाँच हजार ९८, महिला सदस्य दुई हजार ५४७ र दलित महिला सदस्य दुई हजार ४०२ जना निर्वाचित हुनुभएको छ ।

जेठ २८ बाट मतदाता परिचयपत्र

यसैबीच, स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि यही जेठ २८, २९ र ३० गते मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण कार्यक्रम रहेको आयोगले जनाएको छ ।
मतदाता आफैँ आफूले मतदान गर्ने मतदान केन्द्रमा उपस्थित भई परिचयपत्र लिनसक्ने व्यवस्था गरिएको जनाउँदै आयोगले यदि आफैँ उपस्थित हुन नसक्ने अवस्थामा परिवारका सदस्य हो भन्ने यकिन भएपछि परिवारका सदस्यले समेत आफ्नो परिवारका सदस्यको मतदाता परिचयपत्र बुझिलिनसक्ने व्यवस्था गरिएको जनाएको छ ।
आयोगका प्रवक्ता शर्माका अनुसार मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन ती दिनमा मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरी परिचयपत्र लिन आउनेलाई सही तरिकाले मतदान गर्ने तरिका सिकाउने व्यवस्था मिलाएको छ ।
यसका लागि नमुना मतपत्रको व्यवस्था गरी मत सङ्केत गर्ने तरिका सिकाउनुका साथै मतदातालाई सक्कली मतपत्रका बारेमा समेत अग्रिम जानकारी होस् भनी मतदान केन्द्रमा सक्कली मतपत्रसमेत अवलोकनका लागि राखिने आयोगले जनाएको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...