२८१ स्थानीय तहको मतगणना पूरा - Naya Online

२८१ स्थानीय तहको मतगणना पूरा

काठमाडौँ, १४ जेठ ।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट १३ हजार १६० प्रतिनिधि निर्वाचित भएका छन् ।
कान्तिपथस्थित निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त जानकारीअनुसार, २८३ वटा स्थानीय तहमध्ये २८१ को मत गणना कार्य सम्पन्न भई उम्मेदवारको विवरण प्राप्त भएको छ ।
अब चितवनको भरतपुर महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाको विवरण आयोगलाई प्राप्त हुन बाँकी रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
पछिल्लो विवरणअनुसार, नगरप्रमुख/अध्यक्ष २८१, उपप्रमुख/उपाध्यक्ष २८१, वडाध्यक्ष दुई हजार ५५१, वडा सदस्य पाँच हजार ९८, महिला सदस्य दुई हजार ५४७ र दलित महिला सदस्य दुई हजार ४०२ जना निर्वाचित हुनुभएको छ ।

जेठ २८ बाट मतदाता परिचयपत्र

यसैबीच, स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि यही जेठ २८, २९ र ३० गते मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण कार्यक्रम रहेको आयोगले जनाएको छ ।
मतदाता आफैँ आफूले मतदान गर्ने मतदान केन्द्रमा उपस्थित भई परिचयपत्र लिनसक्ने व्यवस्था गरिएको जनाउँदै आयोगले यदि आफैँ उपस्थित हुन नसक्ने अवस्थामा परिवारका सदस्य हो भन्ने यकिन भएपछि परिवारका सदस्यले समेत आफ्नो परिवारका सदस्यको मतदाता परिचयपत्र बुझिलिनसक्ने व्यवस्था गरिएको जनाएको छ ।
आयोगका प्रवक्ता शर्माका अनुसार मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन ती दिनमा मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरी परिचयपत्र लिन आउनेलाई सही तरिकाले मतदान गर्ने तरिका सिकाउने व्यवस्था मिलाएको छ ।
यसका लागि नमुना मतपत्रको व्यवस्था गरी मत सङ्केत गर्ने तरिका सिकाउनुका साथै मतदातालाई सक्कली मतपत्रका बारेमा समेत अग्रिम जानकारी होस् भनी मतदान केन्द्रमा सक्कली मतपत्रसमेत अवलोकनका लागि राखिने आयोगले जनाएको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...